• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा



काठमाडौँ । रिगल भनेर चिनिने गुन्डा नाइके योग ढकाललाई आम माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश डा मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।

रिगलको निर्देशनमा चेतन मानन्धर मारिएका थिए । मानन्धरकी श्रीमती भारती मानन्धरले यही असोज १४ गते रिट दायर गरेकी थिइन् । विसं २०७२ सालमा नेपालगञ्जमा खुँडा हानी हत्या भएको थियो ।

अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर यही असोज ३ गते संविधान दिवसका अवसरमा उनलाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आम माफी दिनुभएको थियो । उक्त निर्णयविरुद्ध भारती न्याय खोज्दै काठमाडौँमा आइपुगेकी छन् । अदालत धाउँदै उनी माइतीघर मण्डलामा अनसनसमेत बस्दै आएकी छन् ।

तारेख धाउने क्रममा बुधबार उनी सर्वोच्च अदालतमै बेहोस भएर ढलेकी थिइन् । उनलाई वीर अस्पताल पुर्याई उपचार गरिएको थियो । आज बिहीबार पनि उनी माइतीघरमा अनसन बस्न गएकी छन् ।