• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

सदभाव कायम राख्न मुस्लिम आयोगको आग्रह



नेपालगञ्जमा निषेधाज्ञा

काठमाडौं: बाँके जिल्लाको नेपालगञ्ज लगायत देशका केही स्थानमा भएका घटनाप्रति मुस्लिम आयोगले दु:ख प्रकट गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आज एक विज्ञप्ति जारी गर्दै समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म एवं समुदायहरुको आस्थाप्रति सम्मान व्यक्त गर्न तथा सामाजिक सदभाव कायम राख्न र धार्मिक सहिष्णुता बचाइ राख्न अपिल गर्नु भएको छ ।

विज्ञप्तिमा कानुनको उल्लंघन गरी धार्मिक सहिष्णुता खल्बल्याई समाजका अशान्ति सिर्जना गर्ने व्यक्ति एवं समूहहरुको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको उल्लेख छ ।

शदीयौंदेखिको सामाजिक सदभाव विथोल्ने कार्यमा केही उच्छृङ्खल व्यक्तिहरु संलग्न रहेको पनि आयोगको भनाई छ ।