६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल्चोक क्याम्पसका निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीले दिए राजीनामा



अ+ अ-

काठमाडौं । पुल्चोक क्याम्पसका निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीले राजीनामा  दिनु भएको छ ।

नियोजित तवरबाट इञ्जिनियरिङ अध्ययन संस्थानको भविष्य माथि नै संकट पर्ने कार्य भएको भन्दै उहाँले राजीनामा  दिनु भएको जनाउनु भएको छ ।

यो पनि पढ्नुहोस- पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा

राजीनामा पत्रमा इञ्जिनियरिङ अध्यायन संस्थानका डीन , सहायक डीनहरुलाई अनाधिकृत, अनुचित दवाब श्रृजना गरी नियोजित तबरबाट इञ्जिनियरिङ अध्ययन संस्थानको भविष्य माथि नै संकट पार्ने कार्य भएको ठहर गर्दै यो अवस्थामा वार्ताको कुनै औचित्य नभएकोले इञ्जिनियरिङ अध्ययन संस्थानको कार्यान्वयन समितिले अन्तिम पटक तोकेको शुल्क बमोजिम प्रबेश परीक्षा सञ्चालन नभएमा क्याम्पस सञ्चालन गर्न असमर्थ भएको कारण देखाउदै राजीनामा दिएको उल्लेख गर्नु भएको छ ।