४ पुष २०८२, शुक्रबार
,
Latest
डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले खोप लगाएका पर्यटकका लागि फेब्रुअरी २१ मा सीमानाहरू पुनः खोल्ने



अ+ अ-

सिडनी । कोभिड महामारीका कारण विश्वको सबैभन्दा कडा र सबैभन्दा लामो समयदेखि जारी रहेको यात्रा प्रतिबन्धलाई अन्त्य गर्दै अष्ट्रेलियाले फेब्रुअरी २१ देखि पर्यटकहरूका लागि आफ्नो सिमाना फेरि खोल्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार यसको घोषणा गरेका हुन् । 

राष्ट्रिय सुरक्षा मन्त्रिपरिषद्को बैठकपछि मोरिसनले भने, “हामीले अस्ट्रेलियासँगको सीमा बन्द गर्ने निर्णय गरेको लगभग दुई वर्ष भइसक्यो।”

उनले सबै भिसा धारकहरूलाई ‘यस वर्षको फेब्रुअरी २१ मा’ सिमानाहरू पुनः खोल्ने घोषणा गर्दै भने, “यदि तपाइँले दोहोरो खोप लगाउनुभएको छ भने हामी तपाइँलाई अष्ट्रेलियामा स्वागत गर्न तत्पर छौँ ।”

बढ्दो विश्वव्यापी महामारीबाट टापु महादेशलाई जोगाउने अपेक्षामा मार्च २०२० मा अस्ट्रेलियाको सिमाना बन्द गरिएको थियो।

त्यसबेलादेखि धेरैजसो समयका लागि,अष्ट्रेलियालीहरूलाई मुलुक छोड्न प्रतिबन्ध लगाइएको छ र केवल सीमित आगन्तुकहरूलाई प्रवेश गर्न छुट दिइएको छ।

नियमले विदेशमा फसेका नागरिक र परिवारलाई विभाजित गरेको छ भने देशको अर्बौं डलरको पर्यटक उद्योगलाई हानी पुर्‍याएको छ । साथै यसले आधुनिक, खुला र बाहिरी देखिने राष्ट्रका रूपमा अस्ट्रेलियाको स्थितिको बारेमा प्रायः तीतो बहस छेडेको छ।

अष्ट्रेलियाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अनुसार प्रत्येक महिना सीमा बन्द हुँदा व्यवसायलाई करिब दुई अर्ब ६० करोड अमेरिकी डलर खर्च भएको छ ।

हालैका महिनामा अष्ट्रेलियाली, दीर्घकालीन बासिन्दा र विद्यार्थीहरूका लागि नियमहरू क्रमशः खुकुलो बनाइएको छ । पछिल्लो निर्णयले बाँकी सबै प्रतिबन्धहरु लगभग हटाइनेछ। एएफपी