१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

साना विद्यार्थीलाई हरियो तरकारी चिनाउन ‘तरकारी दिवस’

साना विद्यार्थीलाई हरियो तरकारी चिनाउन ‘तरकारी दिवस’
अ अ+ अ-

काठमाण्डौ । घरको भान्छामा होस या विद्यालयको क्यान्टिनमा दैनिक जसो पकाएर खाने गरिएकोे हरियो तरकारीको नाम, यसबाट पाइने पोषण तत्व, यसले स्वास्थ्यमा पुर्याउने फाइदाको बारेमा जानकारी दिन ट्रिटन सेकेण्डरी स्कुल सुविधानगरले विद्यालयमा भेजिटेवल डे अर्थात तरकारी दिवस—२०८० आयोजना गरेको छ ।

भर्खरै स्कुल आउन थालेका प्ले ग्रुपदेखि २ कक्षासम्मका सबै साना विद्यार्थीहरुै घरबाट एक/एक थरी हरियो तरकारी संकलन गरेर उनीहरुलाई नै पालैपालो सहभागी गराई तरकारी दिवस—२०८०आयोजना गरिएको थियो ।

कुन तरकारी कसरी चिन्ने, तरकारी बजारमा गएर कसरी तरकारी किनेर ल्याउने, पैसा कसरी तिर्ने ती सबै कुरा साना विद्यार्थीलाई प्रयोगात्मक रुपमा सिकाईएको विद्यालयको अतिरिक्त कृयाकलाप संयोजक शिव गैह्रेले बताए ।

तरकारी बजारमा जसरी स्टलमा सजाएर राखिएका तरकारीहरुबारे विद्यालयकी निर्देशक ममता शाहले विद्यार्थीहरुसंग किन्ने प्रयास गरेर हरियो तरकारीको किनवेच कसरी गरिन्छ भनेर ति विद्यार्थीलाई बताएकी थिइन् ।

विद्यालयमै यस्ता वस्तुको प्रयोगात्मक र व्यवहारिक जानकारी गराउँदा विद्यार्थीहरुले आफ्नो घरमा दैनिक रुपमा प्रयोग हुने हरियो तरकारी चिन्ने, त्यसको स्वाद र महत्वबारे बुझ्ने निर्देशक शाहले बताइन् ।

तरकारी दिवस—२०८० मा आलु, प्याज, गोलभेडा, हरियो खुर्सानी, साग, धनियाँ, भेण्टा, मुला, गाजर, बन्दा, करेला, काँक्रा, फर्सी, रामतोरिया, सिमी, तितेकरेला, परवल, काउलीलगायत राखिएको थियो ।