काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कोरोना रोकथाम र नियन्त्रणबारे विभिन्न निर्णय भएको बताइएको छ ।
बैठकले सीसीएमसीले सिफारिस गरेको पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने, अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई होम र विदेशी नागरिकलाई १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेपनि अन्तरिक हवाई उडान भने बन्द हुने छैन ।
बैठकले सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिस पनि पारित गरेको छ । आजै काठमाडौं उपत्यकामा एक साताका लगि निषेधाज्ञा जारि गर्ने निर्णय गरेको हो ।











