२१ श्रावण २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाह अनुबन्धित चलचित्र ‘मायावी’को छायांकन सुरु



अ+ अ-

काठमाडौँ ।  निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरु गरिएको छ । केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टिमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको हो ।

निर्माण टिमले फिल्मको छायाकंन गर्ने तयारी गर्दै एक हप्ता अघि सम्म फिल्मका मुख्य कलाकारहरु र निमार्ण टिमको लाइनअप सार्वजनिक गरिरहेकोे थियो ।

फिल्म मुस्ताङको नीलगिरि हिमाल क्षेत्र र पोखराको रमणीय स्थलबाट छायांकन सुरु भएको र फिल्मको छायाकंन अवधी ३५ दिनसम्म चल्ने निर्देशक भट्टराईले जनकारी गराए ।

पोखराकै परिवेशमा रहेर कथा बुनिएको यस फिल्ममा मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला, मोडल समिम खान र अर्की मुख्य अभिनेत्रीमा करिश्मा श्रेष्ठको प्रमुख भुमिका रहने छ । यस्तै फिल्ममा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायत अन्य कलाकारहरुको पनि अभिनय रहने छ ।

अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् भने करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् । यसै फिल्ममार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् ।

क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहने छ । भट्टराई करिब चार वर्षपछि पुन: निर्देशनमा कमव्याक गर्दैछन् । राजु थापाको डिओपी रहने फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत छ ।

फिल्ममा एक्शन तथा निर्देशक चन्द्र पन्त र अभिनेता राज कटुवाल निर्माता रहेका छन् । राज फिल्म ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् ।




भर्खरै