काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले पछिल्लो समय छिमेकी देश भारतमा पनि तिव्र गतिमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले वैशाख १६ गते बिहीबारदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको हो।
भारतमा संक्रमण बढ्दै जाँदा सिमानाका कारण नेपालमा पनि यसको जोखिम बढेको छ ।











