• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको ‘नि:शुल्क प्रत्यक्ष प्रदर्शन’ गर्ने ★   टि -२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना ★   ‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’ ★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस्

तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता



ल्हासा (चीन), : चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गर्नुभयो ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ सियाङलाई चीन सरकारले नेपाल–चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएकाले सियाङको नेतृत्वमा भएका नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुगेको बताउनुभयो ।

उहाँले नेपाल र चीनबीचका द्विपक्षीय हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि बताउनुभयो । भेटवार्तामा सचिव सियाङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन आफू अझ सक्रिय रहने बताउनुभयो ।

भेटवार्तामा प्रधानमन्त्रीको भ्रमण दलमा रहनुभएका सदस्यहरु सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्रीको सम्मानमा सचिव सियाङले आजै यहाँ रात्रिभोजको आयोजना गर्नुभएको थियो ।रासस