५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल मल्लको १३७ रन, मंगोलिया समक्ष ३१५ रनको विशाल लक्ष



कुशल मल्ल (फाइल)
अ+ अ-

नेपाली ब्याट्सम्यान कुशल मल्लले एसियाड क्रिकेटमा १३७ रनको किर्तिमान रन बनाएका छन् । टी२० क्रिकेट फम्र्याटमा कुशलको यो पहिलो शतक हो । उनले टी२० मा सर्वाधिक तिब्र गतिमा शतक बनाउने किर्तिमान पनि बनाएका छन् ।

चीनको हान्झाउमा जारी एसियाडमा नवप्रवेशी र कम अनुभवयुक्त मंगोलिया विरुद्ध पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले ३४ बलमै शतक बनाएका थिए । उनले शतक बनाउनेक्रममा ६ चौका र ९ छक्का प्रहार गरेका थिए ।
उनले व्यक्तिगत १३७ रन बनाएका थिए । ५० बल सामना गरेका कुशलले समग्रमा १२ छक्का र ८ चौका प्रहार गरेका थिए ।

यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक प्रहार गरेका थिए ।

नेपालले निर्धारित २० ओभरको खेलमा तीन विकेटको क्षतिमा ३१४ रन बनाएको छ । नेपाली टिमका कप्तान रोहित पौडेलले पनि व्यक्तिगत अर्धशतक बनाएका छन् । उनले व्यक्तिगत ६१ रन बनाएका थिए ।

तर दीपेन्द्र सिंह ऐरीले अन्तिममा १० बलमै ५२ रन बनाएर मंगोलिया विरुद्ध विशाल स्कोर खडा गर्न मद्दत गरेका थिए । १० बल सामना गरेका उनले ८ छक्का प्रहार गरेका थिए ।

यसअघि खेलको शुरुआत गरेका कुशल भुर्तेलले १९ र आशिफ सेखले १६ रन बनाएका थिए ।

नेपालको स्कोरबोर्ड (३१४ रन, २० ओभर)
कुशल भुर्तेल – १९ रन (आउट)
आशिफ सेख – १६ रन (आउट)
कुशल मल्ल – १३७ रन (अविजित)
रोहित पौडेल (कप्तान) – ६१ रन (आउट)
दीपेन्द्र सिं ऐरी – ५२ रन (अविजित)




भर्खरै