६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार राख्नु ठिक भएनः पूर्वअर्थमन्त्री खतिवडा

शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार राख्नु ठिक भएनः पूर्वअर्थमन्त्री खतिवडा
अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार कायम राख्नु ठिक नभएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र बैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको बताउनु भयो । पूर्वअर्थमन्त्री खतिवडाले स्वयत्त संस्थाको अधिकारमा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्नु उपयुक्त नभएको बताउनु भयो । उहाँले आ–आफ्नो क्षेत्रको काम जिम्मेवारी पूर्णक सबैले काम गर्दा अर्थमन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न आवश्यक नहुने बताउनु भयो ।

उहाँले अहिले बैंकहरुले दुई प्रतिशत मात्रै धितो कर्जा बजारमा लगाई दिँदा ३० देखि ४० अर्ब बजारमा जाने बजार चलायमान हुने बताउनु भयो । उहाँले राष्ट्र बैंकले एउटा व्यवसायीले १ खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम नदेख्ने तर १२ करोड कसैले लगानी गर्याे भने त्यहाँ जोखिम देख्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्र बैंकले जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझ्न नकिएको बताउनु भयो । उहाँले ३२ सय अंकको शेयर इनडेक्स हुँदा जोखिम भए पनि अहिले बजार ओभर करेक्शन भएको बताउनु भयो । पूर्वअर्थमन्त्री खतिवडाले शेयर बजार माथि जान्छ त्यो बेला मात्रै जोखिमको प्रवन्ध गर्नुपर्ने बताउनु भयो । उहाँले शेयर बजारमा सानो करेक्शन गर्दा धेरै हुने वाला केही नभएपनि मनोवल बढ्ने दाबी गर्नुभयो ।

उहाँले धितोपत्र बोर्डको भुमिका माथि प्रश्न गर्दै बजारलाई स्थायित्व दिने जिम्मेवारी पाएको धितोपत्र बोर्डले आईपीओ बाढी ल्याउन नहुने बताउनु भयो । उहाँले नेप्सेको हालत पनि ठिक नभएको बताउनु भयो । उहाँले टि प्लस २ भनिए पनि सो समयमा शेयर कारोबारको राफसाफ नहुने गरेको र शेयर कारोबारको सिस्टम पनि गतिलो नभएको बताउनु भयो । डा. खतिवडाले कुनैपनि निकाय आफ्नो जिम्मेवारीबाट भाग्नु नहुने र आफ्ना जिम्मेवारी पन्छाएर हल्लाखल्ला गरेर केही नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्काको अधिकारमा हस्तक्षेप गर्ने कुरामा अर्थमन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई गर्नु कुरा उपयुक्त होइनन् । आ–आफ्नो क्षेत्रको काम जिम्मेवारी पूर्णक गरौंन । बाँकी कुराहरु हुँदै जान्छन् । न त राष्ट्र बैंकले धितोपत्र बजारको हस्तक्षेप गर्नुपर्छ । सामान्य कुरा हो । म आफै राष्ट्र बैंकको गभर्नर थिए । दुई प्रतिशत भन्दा धितो कर्जा बैंकले दिनुहुन्न भनेको थिए ।त्यही दुई प्रतिशत आज लगाई दियो भने पनि ३० देखि ४० अर्ब बजारमा जान्छ । ३० देखि ४० अर्ब बजारमा जाँदा शेयर बजार चलायमान भइहाल्छ । एउटा व्यवसायीले १ खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम देख्दैनौं । १२ करोड कसैले लगानी ग¥यो भने त्यहाँ राष्ट्र बैंक जोखिम देख्छ । यो जोखिम देख्ने लेख्ने प्रक्रिया पनि बुझिएन ?यो बेकारको कुरा हो ।

यसमा काम गर्ने मौका सरकारले दिनुपर्छ । ३२ सय अंकको शेयर इनडेक्स हुँदा जोखिम थियो । ओभर हिटेड भयो बजार भनेर मैले पनि भनेको हो । जब बजार ओभर करेक्सन भयो भने पनि जोखिम भार १५० राखि राख्नुपर्छ ? त्यो साइकलिङको कुरा हो । जुन बेला शेयर बजार माथि जान्छ त्यो बेला जोखिमको प्रवन्ध गर्ने हो । काउन्टर साइकलिङ मेजर भनेको राष्ट्र बैंक पनि त्यही हो । जुन बेला बुम हुन्छ त्यो बेला काउन्टर साइकलिङ मेजर लगाउने हो । अर्थतन्त्र मन्दीमा छ केको काउन्टर साइकलिङ मेजर ? अहिले बुस्टर दिनु परिरहेको हुन्छ ।

शेयर बजारमा सानो करेक्शन गर्दा धेरै हुने वाला केही छैन तर मनोबल बढ्छ । बढेको मनोवलले गर्दा हतारिएर शेयर बेच्ने प्रवृत्ति घट्छ । त्यसले शेयर बजारको मूल्यमा पहिरो जाने क्रम रोकिन्छ । धितोपत्र बोर्डलाई मेरो अनुरोध किन आईपीओ यति धेरै फल्टेड र एफपीओ ल्याउनु भएको छ । जब बजार क्रासतिर जाँदै छ भने प्रोटेक्ट गर्नुपर्छ । बजारलाई स्थायित्व दिने कुरामा राष्ट्र बैंक भन्दा बढी धितोपत्र बोर्ड भुमिका हुन्छ ।

नेप्सेले कारोबारलाई छिटो बनाउँदा मात्रै एक दिनमा धेरै कारोबार हुन्छ । टि प्लस टु वा अन्य के भनिरहँदा पनि भनेको समयमा नेप्सेका सफ्टवयेरले काम गरिदिँदैन । कारोबार अवरुद्ध हुन्छ । शयेर कारोबार अपडेट हुँदैन अफ्ड्यु कारोबार भइरहेको हुन्छ । बजार अस्तव्यस्त छ । त्यो हेर्ने नियमाक निकाय र सरकार अर्थमन्त्रालय हो । अर्थमन्त्रीले यो जिम्मेवारीबाट उम्कन मिल्दैन । राष्ट्र बैंकको गभर्नरले पनि उम्नकन मिल्दैन । प्रधानमन्त्रीले बढी जिम्मेवारी बढाउनु पर्छ ।’

उहाँले संकटमा अर्थतन्त्र भएको मुलुकको सरकारको रवैया बढी भएको बताउनु भयो । उहाँले सरकारले संकट रहेको अर्थतन्त्रमा रवैया देखाउने भन्दा पनि तत्काल सुधारका केही काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा आएको समस्या अर्थतन्त्र अनौपचारिक क्षेत्रमा जाँदा समस्या आएको बताउनु भयो ।