२२ असार २०८३, सोमबार
,
Latest
नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुने दश हजार जना भन्दा बढी



अ+ अ-

एजेन्सी । जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्यांकमा यहाँका सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ । 

यहाँ सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै सोमबार मात्र यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको बताइएको थियो । 

यहाँ अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ । यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर बढिरहेको पनि बताएका छन् । जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारका अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार आजसम्ममा यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने दश हजार जना पुगेका छन् । 

जापानको राजधानी टोकियो र त्यसपछि यहाँका पश्चिमी प्रान्तहरु सहरहरु ओसाका, क्योटो र ह्योगोमा यहाँका प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकालको घोषणा गर्नुभएको थियो । सो संकटकालपछि यहाँ सोमबार मात्र कम्तीमा ३ हजार ३०० जना जतिमा यो संक्रमण देखिएको बताइएको छ । 

राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो । यहाँ कोरोना विरुद्धको खोपको काम भने निकै ढिला भएको बताइएको छ । यहाँका अधिकारीहरुले कारोनाको खोप दिन ढिला गरिरहेकोले आलोचना पनि भइरहेको बताइएको छ ।