एजेन्सी । दक्षिण भारतीय चलचित्र (कन्नड)की अभिनेत्री सान्या कात्वेलाई आफ्नै भाइको हत्या अभियोगमा पक्राउ गरिएको छ । उनको भाइ राकेश कात्वेको क्षतविक्षत अवस्थाको शव हुबालीमा भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
३२ वर्षीय राकेश कात्वेको टाउको र शरीको भाग फरक फरक स्थानमा भेटिएका थिए । शवलाई टुक्रा टुक्रा पारी हुबालीको जङ्गलको फालिएको अवस्थामा फेला परेको हो ।
सान्या नियाजामद काटिगरसँग प्रेम सम्बन्धमा रहेको र भाई राकेशले सान्याको काटिगरसँगको प्रेमसम्बन्ध नरुचाएको बताइएको छ ।
काटिगर र साथीहरुसँग मिलेर राकेशको हत्या गरी टुक्रा टुक्रा पारी शव व्यवस्थापन गरेको खुल्न आएको हो । यसमा सान्याको पनि संलग्नता भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रेमीसँग मिलेर सान्याले राकेशको हत्या गरेको खुल्न आएको छ ।











