• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   चितवनमा बाघ र गैँडा मृत फेला ★   सिन्धुलीमा रहेका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याईदै ★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने ★   दुई वर्षमा दुई वटा पनि कानून बनेनन्: मन्त्री भण्डारी ★   रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री ★   गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट ★   आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल ★   सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी ★   चितवनका केराले पाउन थाल्यो बजार ★   वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो

लेखापरीक्षण गर्नेहरुको पनि वित्तीय अनुशासन छानबिन गर्नुपर्छ: अध्यक्ष लिङदेन



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरु वित्तीय अनुशासनमा भए/नभएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले महालेखा परीक्षकहरुले अंकमा बेरुजु देखाउने मात्रै नभएर जवाफदेही बनाउनुपर्ने बताउनु भयो । अध्यक्ष लिङदेनले हरेक वर्ष उच्च रुपमा बेरुजु बढ्नुको प्रमुख कारण समेत महालेखापरीक्षकले छुट्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले बेरुजुको आधा हिंसा भन्दा बढी देशको अर्थतन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयय अन्तर्गत हुने कारण देशको ऐन कानून वा नेतृत्व बारेमा महालेखापरीक्षकको दृष्टिकोण प्रष्ट हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वर्षैपिच्छे बेरुजु बढ्दै जानुपर्ने कारण के हो । त्यसमा पनि बेरुजुको आधा हिंसा भन्दा बढी देशको अर्थतन्त्र र भौतिक पूर्वाधार मन्त्रालयय अन्तरर्गत हुने कारण महालेखापरीक्षकको दृष्टिकोणमा देशको ऐन कानून वा नेतृत्वको कारण छ । यस्ता कुराहरु आउनुपर्छ । बेरुजुसँग कोही न कोही जोडिनुपर्छ । कसको कार्यकालमा भएको हो जवाफदेही को हुनुपर्छ । महालेखा परीक्षकले देखाई दिएर मात्रै पुग्ने तर बेरुजुको जिम्मेवारहरु माथिल्लो निकायमा जानेर अर्कोले पनि बेरुजु थप्दै थप्दै जाने हो ।’

‘हामीले अंक मात्रै देखाइदिने हो जवाफदेही बनाउन के कुराले रोक्यो । एक वर्षको बेरुजु अर्को वर्ष फस्स्र्यौट नभए को जिम्मेवारी हुने र के कुराबाट वञ्चित हुने हो भन्ने कुरा राम्रो हुन्छ । लेखापरीक्षण वित्तीय अनुशासन कायम गर्नको लागि गरिन्छ भन्छौं । लेखापरीक्षण गर्नेहरु नै कतिको वित्तीय अनुशासनमा छन् । लेखापरीक्षण गर्न जानेहरु रकम लिएर काम गर्ने कुराहरु आएका छन् । यो विषयमा पनि ध्यान पुग्न सक्नुपर्छ ।’

अध्यक्ष लिङदेनले महालेखाले बेरुजु देखाउने तर जवाफदेही व्यक्ति माथिल्लो निकायमा गएर थप बेरुजु थप्दै जान दिनु नहुने बताउनु भयो ।