२२ श्रावण २०८३, शुक्रबार
,
Latest
स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग-एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी नाकामा… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गरिने वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

गत भदौ २३ गते सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमु्ख सचेतक रेवतीरमण भण्डारीका अनुसार सोमबार दिउँसोसम्ममा मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले निरन राई, बुद्धिकुमार राजभण्डारी, लीलाबल्लभ अधिकारी र रामप्रसाद मेहतालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको प्रमुख सचेतक भण्डारीले जानकारी दिनुभयो । उनीहरुले पाउने मन्त्रालय भने टुंगिएको छैन । यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसक्नुभएको छ ।

संविधानको धारा १६८ (३) अनुसार कोशीमा ठूलो दलको हैसियतमा एमाले सरकारले आगामी यही असोज २० गतेसम्ममा विश्वासको मत लिइसक्नु पर्नेछ ।