४ पुष २०८२, शुक्रबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

गत भदौ २३ गते सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमु्ख सचेतक रेवतीरमण भण्डारीका अनुसार सोमबार दिउँसोसम्ममा मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले निरन राई, बुद्धिकुमार राजभण्डारी, लीलाबल्लभ अधिकारी र रामप्रसाद मेहतालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको प्रमुख सचेतक भण्डारीले जानकारी दिनुभयो । उनीहरुले पाउने मन्त्रालय भने टुंगिएको छैन । यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसक्नुभएको छ ।

संविधानको धारा १६८ (३) अनुसार कोशीमा ठूलो दलको हैसियतमा एमाले सरकारले आगामी यही असोज २० गतेसम्ममा विश्वासको मत लिइसक्नु पर्नेछ ।