१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवताले जलवायुमा नरकको ढोका खोलेको छ: गुटेरेस



अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मानवताले जलावायुमा नरकको ढोका खोलेको बताउनुभएको छ ।

महासभाको उच्चस्तरीय सप्ताहमा आयोजित जलवायु महत्वाकांक्षा शिखर सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानवताले नरकको ढोका खोलिदिएको र भयावह गर्मीले त्यसको प्रभाव बढाइरहेको बताउनु भयो । बाढीले बाली बगाउँदा किसानहरु विचलित भएको, बढ्दो तापक्रमले रोग फैलिरहेको, डढेका कारण हजारौँ मानिस र धनको क्षति हुनु पनि जलवायु परिवर्तनको असर रहेको बताउनु भयो । यसमा केही पनि न्युनिकरण नगरे संसार २.८ डिग्रि तापक्रमतर्फ जाने खतरा रहेको चेतावनी दिनुभयो ।

उहाँले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्रिमा सिमित गर्न आह्वान गर्नुभयो । उहाँले सबै पक्षले यसमा गम्भीर भएर सोच्नुपर्ने बताउनु भयो । उहाँले विकसित देशले विकासशील देशलाई सय बिलियन अमेरिकी डलर दिने प्रतिवद्धता पूरा गर्नुपर्ने बताउनु भयो ।

शक्ति देशले दिएको अस्पष्ट वाचाले जनतालाई धोका दिने काम भइरहेको बताउनु भयो ।