• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित ★   दिनेश कार्तिकले किन अरुको भन्दा फरक हेल्मेट लगाउँछन् ? ★   सरकारसँग काँग्रेसको माग: उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गरियोस् ★   संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह ★   आईपीएलमा तहल्का पिटेका यी ब्याट्सम्यानको भाग्य चम्कियो, टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोलीमा मौका ★   संसदमा कांग्रेसको नाराबाजी कायमै

साउदी अरेबियाले विश्वकै अग्लो भवन बनाउँदै, उचाइ एक किलोमिटर हुने



रियाद । विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा युएईमा छ । यसलाई कडा प्रतिस्पर्धा दिन साउदी अरबले जेद्दा टावर निर्माण गरिरहेको छ ।

यसको काम केही समयअघि रोकिएको थियो । तर अहिले फेरि निर्माण सुरु भएको छ ।

यो बुर्ज खलिफाभन्दा १७२ मिटर अग्लो हुनेछ । यसको उचाई एक किलोमिटर हुनेछ। पहिलो चरणमा १.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो भवनको विकास हुनेछ । यो परियोजनालाई जेद्दा इकोनोमिक सिटीको विकासको केन्द्रविन्दु मानिन्छ।

शिकागो प्राक्टिस एड्रियन स्मिथ, गोर्डन गिल (एएस जीजी) ले मरुभूमिमा संसारको सबैभन्दा अग्लो टावरको परिकल्पना गरेको हो।उक्त टावरको धेरै उपयोग हुने बताइएको छ। यसमा चार सिजन होटल, अपार्टमेन्ट स्पेस, अफिस स्पेस र लाल सागरलाई हेर्ने विश्वको सबैभन्दा अग्लो अब्जर्भेटरी हुनेछ।

सन् २०२३ सेप्टेम्बर १३ को मिडल इस्ट बिजनेस इन्टेलिजेन्सको रिपोर्ट अनुसार साउदी बिनलादिन समूह (एसबीजी) ले जर्मन फर्म बाउरसँग सहकार्य गरेको छ । उक्त टावरको जग र पिलिङको काम सन् २०१० को सुरुमा भएको थियो।

तर पछिल्लो रिपोर्टले एसबीजी यसबाट अलग भएको खुलासा गरेको छ । अब एएस जीजअग्रणी आर्किटेक्चर फर्मको रूपमा रहने छ । लेबनानी कम्पनी डार अल–हन्डसा इन्जिनियरिङ सल्लाहकारको रूपमा बोर्डमा रहेको छ।

जेद्दा इकोनोमिक सिटीले यो टावर पूरा गर्न पुनः टेन्डर जारी गरेको छ । यस वर्षको अन्त्यसम्म बोलपत्रको समयसीमा तोकिएको छ। पिलिङ र फाउन्डेसनको काम सकिएको छ ।

भवनको एक तिहाइ काम सकिएको छ । तर, कहिले सम्पन्न हुने मिति भने खुलाइएको छैन । अहिले पनि दुबईको बुर्ज खलिफाले विश्वको सबैभन्दा अग्लो भवनको कीर्तिमान राखेको छ । यसको उचाइ ८२८ मिटर छ । यसमा १६३ तला छन्।

यसको निर्माण सन् २००४ मा सुरु भएर सन् २०१० मा निर्माण सम्पन्न भएको थियो । बुर्ज खलिफा भित्र दुईवटा अवलोकन डेकहरू छन्। पहिलो १२४औँ तलामा र दोस्रो १४८ तलामा रहेका डेकमार्फत दुबई आउने मानिसहरूले पूरै शहर देख्न सक्छन्।