काठमाडौ । अबिश्वासको प्रस्ताबको सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सांसद राजीव गुरूङलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गर्नुभएको छ ।
दीपक मनाङे नामले समेत चिनिनु भएका गुरुङको आजै सपथ समेत भएको छ । मुख्यमन्त्री बिरुद्धको अबिश्वासको प्रस्ताब पेश हुँदा गुरुङ अनुपस्थित भएका थिए भने जनमोर्चाका सांसद खिम बिक्रम शाही बिरामी भएर अस्पातल भर्ना भई सदनमा अनुपस्थित रहेका थिए ।











