काठमाडौं । नेपालमा थप ४९ सय २८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५ सय ९७ नमूनाको पिसिआर परीक्षण र ९ सय ६३ जनाको एन्टिजेन परीक्षण भएको थियो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने ८८८ संक्रमित निको भएका छन् ।
काठमाडौं उपत्यकामा भक्तपुरमा १८२, ललितपुरमा २५२ र काठमाडौंमा ११२७ जना गरी एक हजार ५ सय ६१ संक्रमित थपिएका छन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ पुगेको छ । नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५ सय ३० पुगेको छ भने निको हुनेको सङ्ख्या दुई लाख ८० हजार १६७ पुगेको मन्त्रालयले जनाएको छ ।











