पोखरा । गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएका दीपक मनाङ्गे (राजीव गुरुङ)ले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उहाँलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराउनुभएको हो।
उहाँ मनाङबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ ।
अविश्वासको प्रस्ताबको सामना गरिरहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आजै सांसद राजीव गुरूङलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गर्नुभएको थियो ।











