२२ असार २०८३, सोमबार
,
Latest
व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारीका बीच रुकूम पूर्वमा परीक्षा सञ्चालन



अ+ अ-

रुकुम(पूर्व) । कोरोना महामारीका बीच रुकुम (पूर्व)का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो । कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका ९ वडाका सामुदायिक र संस्थागत विद्यालयमा परीक्षा शुरु भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो ।

सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । यस्तै गाउँपालिकाका अन्य विद्यालयमा भने कक्षा १ देखि ९ सम्मको परीक्षा यही वैशाखको २२ गतेदेखि शुरु गरिने शिक्षा शाखा प्रमुख बुढाले बताउनुभयो । यस्तै भूमे गाउँपलिकाले पनि वैशाखको १९ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । कक्षा ८ बाहेक १ देखि १० कक्षासम्मको परीक्षा १९ गतेदेखि शुरु गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख कौशलकुमार तीवारीले जानकारी दिनुभयो ।

गाउँ शिक्षा समितिका संयोजक एवम् भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरको अध्यक्षतामा बसेको प्रधानाध्यापकहरूको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै भूमे गाउँपालिका भित्रका विद्यालयमा कक्षा ८ को परीक्षा भने वैशाख २२ गतेदेखि शुरु गरिने शिक्षा शाखा प्रमुख तीवारीले बताउनुभयो । यसअघि गाउँपालिकाले वार्षिक परीक्षा वैशाख २६ गतेदेखि शुरु गर्ने निर्णय गरेको तर पछिल्लो समय कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै छिटोछरितो सक्ने भनेर परीक्षाको मिति अघि सारिएको उहाँले बताउनुभयो । 

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकाले यही वैशाखको २० गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले कक्षा १ देखि १० सम्मको परीक्षा शुरु गर्ने तयारी गरेको गाउँपालिकाका १२ नम्बर वडाध्यक्ष गङ्गाबहादुर पुनले जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म कोरोनाका बिरामी खासै नदेखिएको र शैक्षिक सत्र पनि सकिएकाले स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्नु भनेर गाउँपालिकाहरूले गरेको निर्णयमा रोकतोक नलगाएको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक गौतमले बताउनुभयो ।

यता जिल्ला कोभिड सङ्कट व्यस्थापन केन्द्र (डिसीसीएमसी) रुकुम (पूर्व)ले भने  विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टले आक्रान्त पारिरहेको बेलामा यसको जोखिमलाई नियन्त्रण गर्न विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरिएको हो । कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले भौतिक रूपमा उपस्थित भएर गरिने पठनपाठन पूर्ण रूपले बन्द गर्ने निर्णय गरेको छ । 

सरकारले अहिले कोभिड सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सबै विद्यालयहरू बन्द गर्न निर्देशन गर्नुका साथै पूर्व निर्धारीत सबै परीक्षाहरू स्थगन गरिसकेको छ । यहाँका विद्यालयहरूमा पनि पठनपाठन स्थगन गर्ने निर्णय भएको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै बैठकले सरकारी कर्मचारीहरूलाई अन्तरजिल्ला आवतजावतमा कडाई गर्ने, साँझको ७ बजेभन्दा पछाडी बिहान ६ बजेसम्म यात्रुबाहक गाडीलाई जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।