• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश ★   फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम ★   ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो हेर्न ओली सानेपामा- फोटो फिचर ★   कोशी प्रदेश: छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण ★   फोटो हेर्न कांग्रेस कार्यालयमा प्रधानमन्त्री दाहाल- फोटो फिचर ★   युरो कपको क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने ★   प्रश्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाई २० र २१ गते हुने ★   शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई ★   अविरल वर्षाले जलमग्न बन्यो जनकपुरधाम ★   निकासी आदेश पछि इजरायलद्वारा दक्षिणी गाजामा पुन:आक्रमण

एसिया कपको फाइनल आज, उपाधिका लागि भारत र श्रीलंका भिड्दै



एजेन्सी । एसिया कप–२०२३ को फाइनल खेल आज आइतबार भारत र श्रीलंकाबीच हुँदैछ । कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । टस दिउँसो २ः४५ बजे हुनेछ ।

यहाँ भारतले आफ्नो ५ वर्षको उपाधि खडेरी अन्त्य गर्ने मौका पाउनेछ भने डिफेन्डिङ च्याम्पियन श्रीलंकाले उपाधि रक्षा गर्न चाहन्छ । दुवै टोली आठौं पटक एसिया कपको एकदिवसीय ढाँचाको फाइनलमा भिड्दैछन् ।

यसअघि खेलिएका ७ फाइनलमध्ये भारतले ४ फाइनल जितेको थियो भने ३ वटामा श्रीलंकाले सफलता हात पारेको थियो ।

हेड टु हेडः
भारत र श्रीलंकाबीच समग्रमा १६६ ओडीआई खेल भएका छन् । भारतले ९७ खेल जितेको छ भने श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेलको नतिजा आएको छैन भने एक खेल बराबरी भएको छ ।

शुभमन गिल प्रतियोगितामा भारतका सर्वाधिक रन स्कोरर
भारतीय टिमका अलराउन्डर अक्षर पटेल घाइते भएका छन् । उनको स्थानमा वासिङ्टन सुन्दरलाई फाइनलका लागि कोलम्बो बोलाइएको छ । तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसबारे अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन ।

ओपनर शुभमन गिल एसिया कप २०२३ मा भारतका लागि सर्वाधिक रन स्कोरर बनेका छन् । जबकि कुलदीप यादव सर्वाधिक विकेट लिने बलर हुन् । गिलले ५ खेलमा २७५ रन बनाएका छन् । यस्तै, यादवले ४ खेलमा ९ विकेट लिएका छन् ।

श्रीलंकाका लागि समरविक्रमाको नाममा सबैभन्दा धेरै रन
श्रीलंकाका स्पिनर महिश तीक्षाणा चोटका कारण फाइनलबाट बाहिरिएका छन् । श्रीलंका क्रिकेट बोर्डले तीक्षाणाको चोटबारे अपडेट जारी गर्दै फाइनल खेल्न नसक्ने बताएको छ ।

एसिया कप २०२३ मा श्रीलंकाका लागि सर्वाधिक रन बनाउने खेलाडी सदिरा समरविक्रमाको नाममा छ । यस्तै, मथिश पथिरानाले सर्वाधिक विकेट लिएका छन् । समरविक्रमाले ५ खेलमा २१५ रन बनाएका छन् भने पथिरानाले ५ खेलमा ११ विकेट लिएका छन् ।

आइतबार कोलम्बोमा पानी पर्ने सम्भावना ९० प्रतिशत छ । तापमान २४ देखि ३१ डिग्री सेल्सियस सम्म हुन सक्छ । यदि आज वर्षाका कारण खेल रद्ध भएमा भोलिका लागि रजर्भ डे राखिएको छ ।

कोलम्बोको आर प्रेमदासा स्टेडियमको पिच सामान्यतया स्पिनरहरूलाई सहयोगी भएको छ, ब्याट्सम्यानहरूले पनि राम्रो समर्थन पाएका छन् । अर्कोतर्फ, फास्ट बलरहरूलाई यो मैदानमा गाह्रो छ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल (विकेटकिपर), इशान किशन, हार्दिक पाण्डे, रविन्द्र जडेजा, वाशिंगटन सुन्दर, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज ।

श्रीलंकाः दासुन शनाका (कप्तान), पाथुम निसान्का, कुसल परेरा, कुसल मेन्डिस (विकेटकीपर), सदिरा समराविक्रमा, चारिथ असालान्का, धनञ्जय डी सिल्भा, दुशन हेमन्था, दुनिथ भेलालागे, मथिश पथिराना र प्रमोद मदुशन ।