काठमाडौं । नेकपा एमालेले वडा देखि केन्द्रसम्मको महाधिवेशन कार्यकतालिका सार्वजनिक गरेको छ । वैशाख ६, १० र १२ गते बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णयहरु एमालले सार्वजनिक गरेको हो ।
एमालेले २०७८ साउन २५–२७ मा विधान संशोधनमा केन्द्रित भएर छलफल एवम् निर्णय गर्न राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने अपानिमा उल्लेख गरेको छ भने भदौ ५ गते वडा अधिवेशनको मिती तोकिएको छ ।
यस्तै भदौ १५ गते पालिका तहका कमिटीहरूको अधिवेशन गर्ने ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने संगठानात्मक योजना तय गरिदा असोज २३ गते प्रदेश तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने बताइएको छ । मंसिर २ देखि ६ गतेसम्म दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ ।











