४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने प्रधानमन्त्रीको कार्य आपत्तिजनक: गगन थापा

बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने  प्रधानमन्त्रीको कार्य आपत्तिजनक: गगन थापा
फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री दाहालले सो अस्पतालको बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले संसदमा आफ्नो अभिव्यक्ति दिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले सो प्रकरणमा किटान गरिएका दोषीलाई कारबाही गर्ने ढंगले अभिव्यक्ति नदिएकोमा आपत्ति जनाउनु भयो । शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले सो घटना कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण हुन गएको बताउनुभएको थियो । पूर्वस्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले किटान गरेका दोषीलाई कारबाही हुनेगरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको र संसदमा पनि आफूलाई बोल्ने अवसर नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले सो घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।

महामन्त्री थापाले मकवानपुरमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पनि तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिनुभयो । उहाँले भर्खरै संसदबाट पारित स्वास्थ्य संस्थासम्बन्धि ऐन अनुसार सो दुवै घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन पनि सरकारले मकवानपुर, कान्ति बाल अस्पतालका घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मकवानपुरको एउटा अस्पतालमा भएको घटनाले गर्दा अहिले त्यहाँको स्वास्थ्य संस्थाहरु सबै प्रभावित भएको अवस्था छ । तर यो नयाँ घटना भने होइन । केही समय अघि हामीले गुल्मीमा, त्यसैगरी अरु विभिन्न जिल्ला हुँदै काठमाडौंमा पनि त्यस प्रकारका घटनाहरु देख्यौं । यस्ता घटनाहरु भइसकेपछि केही दिनसम्म यसका बारेमा सञ्चार माध्यमलगायत सबै ठाउँमा एकदमै धेरै बहस, छलफल, रापताप हुन्छ । त्यसपछि सामसुम हुन्छ । र, फेरि केही समयपछि यस्ता कुराहरु बल्झिन्छ । यसले एकातिर स्वास्थ्यकर्मीहरुमाथि यतिठूलो प्रभाव पार्छ कि त्यसै पनि हामीले नेपालको स्वास्थ्यकर्मीहरुलाई ओटी खुवाउन सकिरहेका छैनौं । यतिधेरै असुरक्षित महशुस गरिसकेपछि काम गर्ने वातावरण छैन भनेर छोडेर हिँडने वातावरणलाई प्रेरित गर्छ । अर्कोतिर नागरिकहरुलाई पनि आफ्नो आक्रोश व्यक्त गर्ने तरिका भनेको हिंसा नै प्रयोग गर्नुपर्छ भन्नेकुरा पनि हुँदै जान्छ । त्यसैले यस्तो बेलामा प्रधानमन्त्रीले आज संसदमा त बोल्नुभयो । तर जुन प्रतिवद्धताको अपेक्षा गरेको हो । त्यो प्रतिवद्धता अझै पनि मैले त्यहाँ पाउन सकिन । दुई वटा घटना एकैपटक भएको छ । कान्ति बाल अस्पतालमा लापरबाहीको ठूलो घटना भएको छ । त्यसको बारेमा प्रतिवेदन आइसकेको छ ।

त्यो प्रतिवेदनमा जसलाई दोषी, जो दोषी भनेर किटान गरिएको छ । किन्तु, परन्तु नभनिकन त्यो दोषीमाथि कारबाही हुनुपर्छ । जसले गर्दा नागरिकहरुलाई स्वास्थ्य संस्थामा लापरबाही भयो भने प्रचलित कानून अनुसार कारबाही हुन्छ भन्ने कुरा विश्वास हुन्छ भने मकवानपुरमा भएको घटनामा जोसुकै होस्, कारण जेसुकै होस्, कुनै त्यसको वास्ता नगरिकन केही समय अघि हामीले नै पारित गरेको स्वास्थ्य संस्था सम्बन्धि जुन ऐन छ । त्यो ऐनमा कुनैपनि स्वास्थ्यकर्मीमाथि हातपात भयो, आक्रमण भयो भने तत्कालै हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाइने भन्ने जुन बन्दोबस्त छ । त्यो बन्दोबस्त अनुसार तुुरुन्तै कारबाही प्रक्रियालाई अगाडि बढाउनुु पर्छ । यस पश्चात भने आगामी दिनहरुमा कि कुनैपनि स्वास्थ्य संस्थामा, कुनैपनि स्वास्थ्यकर्मीलाई, कुनैपनि नाममा यदि कसैले पनि आक्रमण गर्ने प्रयास गर्छ भने राज्यले त्यस्तो कुरालाई सहँदैसहँदैन भन्ने कुरा स्थापित होस् । अनि यस्ता घटना दोहोरिन्न भने अर्कोतिर कुनैपनि नागरिकलाई कुनैपनि स्वास्थ्य संस्थामा, कुनैपनि स्वास्थ्यकर्मीले हेलचक्र्याँई गर्‍यो, लापरबाही गर्‍यो, त्यसकारणले गर्दा मलाई वा मेरो परिवारलाई क्षति भयो भन्ने पर्‍यो भने बडो सजिलोसँग विश्वसनीय संयन्त्रमा गएर उसले आफ्नो कुरा राख्न पाउनुपर्छ ।

त्यसो हुँदै गर्दा नागरिकले पनि कुनै, कतै अपm्ठ््यारो हुनसाथ नै त्यो विश्वसनीय संयन्त्रमा गएर आफ्नो कुरा राख्छ । त्यसको सुनुवाई हुन्छ भन्ने उनीहरुलाई भरोसा हुन्छ । सुनुवाई पनि हुन्छ । र, परिणाम पनि आउँछ । अनि स्वास्थ्य संस्थाहरुमा हिंसात्मक आक्रमण हुनेकुरा गर्नुपर्ने कुनैपनि कारण नै रहँदैन । अर्कोतिर जुनसुकै नाममा भएपनि यो स्वास्थ्य संस्थामा काम गरिरहेका स्वास्थ्यकर्मीेहरुलाई दुरुत्साहित गर्ने जुन खालको घटना एकपछि अर्को हुँदै गएको छ । यो पनि सदाको लागि बन्द हुन्छ । यो अहिलेको कान्ति बाल अस्पतालको घटना यसलाई पनि सामसुम पार्ने, मकवानपुरको घटनालाई पनि सामसुम पार्ने भन्ने कुरा गरियो भने अलि पछाडि फेरि यो सल्केर आउँछ । र, हामीले थाहा नपाइकन समाजमा यस्ले यति धेरै प्रभाव पार्दै पार्दै गएको छ । यसको हामीले अहिले देखेका छैनौं । तर के बुझ्नुपर्छ भने स्वास्थ्यकर्मीहरु नै यहाँ काम गर्न नसक्ने, सकेसम्म नेपाल बस्दिन भन्ने अवस्थाहरु बन्नसक्छ । यो बारेमा चाहीँ प्रधानमन्त्री लगायतका स्वास्थ्यमन्त्रीलगायत जो जिम्मेवारीमा बसेका साथीहरु समयमै सचेत बन्नुपर्छ, समयमै सचेत बन्नुहोस् भन्ने हाम्रो आग्रह हो । नेपाली काँग्रेसकै तर्फबाट केही दिन अघि भएको संसदको बैठकमा मैले र अरु साथीहरुले नै यो कुरा उठाएको हो । कान्ति बाल अस्पतालको कुरा पनि उठाएको हो । आज संसद बैठक चलेको भए हामी यो कुरा आज पनि उठाउँथ्यौ नै ।

हामी संसदको प्रधानमन्त्री, मन्त्री कुन राजनीतिक दलको छ भन्ने कुरालाई नेहरीकन के भनिरहेका छौँ भने नेपाली काँग्रेसको तर्फबाट तपाईहरुले गर्ने प्रत्येक राम्रो काममा हाम्रो साथ हुन्छ । र, संसद भित्रबाट हाम्रो जिम्मेवारी तपाईहरुलाई झकझक्याउने हो । र, यस्ता कतिपय कुराहरुमा चाहीँ परिणाममा पुगोस् भन्ने हाम्रो चाहना रहन्छ । र, त्यसका निम्ति हाम्रो सहयोग पनि रहन्छ । कान्ति बाल अस्पताल र मकवानपुरको घटना प्रतिनिधि घटना हुन् । यी प्रतिनिधि घटनाहरुलाई ठिक ठाउँमा राख्नका निम्ति हामीले यही संसदबाट कानुन नै बनाइसक्यौ त पहिला । हामीले आफैँले पहलकदमी गरेर बनाएको कानून छ । त्यो कानूनको प्रयोग किन नहुने ? त्यो कानूनको प्रयोग गर भन्ने कुराको सन्दर्भमा हामीले अहिले यो बेलामा प्रधानमन्त्रीलाई, स्वास्थ्यमन्त्रीलगायत सबै साथीहरुलाई भन्ने हामीले त्यही नै हो । त्यो कानूनको प्रयोग गर्नुस् । र, उपयुक्त यो आफनो जिम्मेवारी निर्वाह गर्नुपर्ने हो, त्यो जिम्मेवारी निर्वाह गर्नुस् भन्ने हो । यो खालको भुमिका निर्वाह गर्दैगर्दा सरकारको को छ भनेर पनि हामी हेर्दैनौं । हेर्नुु पनि हुन्न । भोलि हामी फरक भुमिका रहँदैगर्दा पनि हामीले लिने पोलिसीहरु यही नै हुन्छ । चाहे हामी सरकार रहुँ, चाहे हामी प्रतिपक्षमा रहुँ ।’

महामन्त्री थापाले आफ्नो पार्टीले सरकारलाई राम्रो काम गर्नका लागि दबाब दिइरहने पनि दोहोर्‍याउनु भयो ।