२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यका लागि छिट्टै ठोस निर्णय हुन्छ: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउने गरी मन्त्रीपरिषद् बैठकबाट ठोस निर्णय लिइने बताउनुभएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको सिनामंगलमा निर्मित भवनको शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन गर्दै उहाँले विज्ञ समूहले दिएको सुझावको आधारमा सो विमानस्थलको निर्माण कार्य अघि बढाउने गरी मन्त्रीपरिषद् बैठकले ठोस निर्णय लिने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमास्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ संचालन गर्ने विषयमा छलफल केन्द्रित हुने पनि बताउनु भयो । उहाँले पूर्वाधार विकास र हवाई सुरक्षाको क्षेत्रमा थप स्पष्ट नीति, कार्यक्रम र कार्ययोजनाका साथ अघि बढ्न पनि नेपाल नागरिक उडड्यन प्राधिकरणलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले हवाई सुरक्षाका निम्ति नागरिक उडड्यन प्राधिकरणले गरिरहेको पहलको पनि प्रशंशा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा एउटा मात्रै विमानस्थल रहेकोमा २०७९ सालमा मात्रै पोखरा र भैरहवा गरी थप दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भई उद्घाटन समेत भएको छ । सञ्चालनमा आईसकेका यी विमानस्थलहरु पूर्ण कार्य क्षमतामा संचालनका निम्ति सरकारले आफ्नो तर्फबाट आवश्यक पहल र अग्रसरता लिईरहेका म यहाँहरुलाई जानकारी गराउन चाहन्छु । र, अब छिट्टै हुन लागेको मेरो चीन भ्रमणका सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कति त्यसलाई पूर्ण रुपमा सञ्चालन गर्न सहयोग जुटाउन सकिन्छ, मेरो ध्यान त्यसमा केन्द्रित रहेको कुरा पनि म यहाँहरुलाई जानकारी गराउन चाहन्छु । पहाडि जिल्लाहरुसहित देशका विभिन्न जिल्लामा हवाई सेवा बिस्तार गरिरहेका छन् । यद्यपि यी विमानस्थलको पूर्वाधार विकास, अत्याधुनिक उपकरणहरुको प्रबन्ध लगायतका विषयमा गम्भिर ध्यान दिनुपर्ने आवश्यक्ता भने अझै रहेको छ ।’

उहाँले भन्नुभयो,’प्राधिकरणले आगामी दिनमा यस क्षेत्रमा पनि थप मेहनत गर्ने विश्वास मैले लिएको छु । त्रिभुवन विमानस्थलको आधुनिकीकरण गर्ने गुरुयोजना अन्तिम चरणमा पुगेका जानकारी गराउन पाउँदा मलाई खुशी लागेको छ । र, यस कार्यलाई तीव्रता साथ अघि बढाउन म प्राधिकरणलाई विशेष निर्देशन पनि जारी गर्न चाहन्छु । यस सन्दर्भमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विज्ञ समूहबाट प्राप्त सुझावको आधारमा निर्माण कार्य अगाडि बढाउन मन्त्रीपरिषद् बैठकबाट ठोस निर्णय लिइने समेत म यहाँहरुलाई जानकारी गराउन चाहन्छु । नेपालको हवाई सुरक्षामा हामी सबैको गम्भिर चासो र गम्भिरता हुनै पर्दछ । प्राधिकरणको तर्फबाट हवाई सुरक्षाका निम्ति महत्वपूर्ण प्रयासहरु भएका छन । यद्यपि ती प्रयासहरु जोखिम न्युनिकरणका दृष्टिले अझै पर्याप्त भन्न सकिने स्थिति भने बनेको छैन । आईकाओले प्रतिपादन गरेको हवाई सुरक्षा सम्बन्धि विश्वव्यापी मापदण्डप्रति नेपाल प्रतिवद्ध रहेको विश्वास दिलाउँदै यसका लागि नीतिगत, कानूनी, संस्थागत र संरचनागत सुधार ठोस पहल लिइने समेत म यस सन्दर्भमा स्पष्ट गर्न चाहन्छु । र, आईकाओले हामीले गरेको प्रयासलाई पोजेटिभली लिने विश्वास पनि मैले लिएको छु । पूर्वाधार विकास र हवाई सुरक्षामा प्राधिकरणले लिएको पहलप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा थप स्पष्ट नीति, कार्ययोजना र कार्यक्रमका साथ अगाडि बढन प्राधिकरणलाई निर्देशत गर्दै बिदा हुन्छु ।’

प्रधानमन्त्री दाहालले विभिन्न जिल्लाहरुमा सञ्चालित विमानस्थलहरुलाई अत्याधुनिक बनाउने विषयमा पनि नागरिक उडड्यन प्राधिकरणले ध्यान दिने विश्वास समेत व्यक्त गर्नुभयो ।