२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फिफा बेस्ट अवार्ड’को मनोनयनमा को–को परे ?



अ+ अ-

एजेन्सी । फिफाले प्रदान गर्ने फिफा ‘बेस्ट अवार्ड’का लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ ।

फिफाले गएराति सार्वजनिक गरेको मनोनयन अनुसार ट्रेबल विजेता म्यानचेष्टर सिटीबाट ६ खेलाडी परेका छन् भने विश्व विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसी पनि अवार्डको मनोनयनमा परेका छन् । तर, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा परेनन् ।

पुरुषतर्फ १२ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । जसमा मेसीसहित पिएसजीका केलिएन एमबाप्पे र सिटीका एर्लिङ हालान्ड मुख्य छन् ।

यसबाहेक सिटीका युलियन अल्भारेज, रोड्री, बर्नार्डो सिल्भा, केभिन डी ब्रुएना छन् । साथै, यसै सिजन बार्सिलोना पुगेका ईल्काए गुन्डोवान पनि मनोनयनमा अटाएका छन् ।

यस्तै आर्सनलका डिक्लेन राईस, नापोलीका भिक्टोर ओसिमहेन र केभिचा केभारात्खेलिया तथा अल नासरका मार्सेलो ब्रोजोभिच पनि मनोनयनमा परेका छन् ।