• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट“आइएमई पे” मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भाद्र महिनाबाट सन्चालनमा ल्याएको हो ।

यसका साथै, आइएमई पेको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफर मार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड “WATER” प्रयोग गरि रु. १०० सम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झट बाट मुक्त गराई उपमहानगर लाई डिजिटलाइजेसनमा जान सहायता पुर्याउने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जनाएका छन् ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

आइएमई पे को बारेमा:
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा QR स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

सम्पर्क:आइएमई ग्रुप पानी पोखरी, काठमाडौँ सम्पर्क: ०१-४४३०६००, एक्सटेन्सन २५७