८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 1.03

Humidity: 83

Latest
पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक ! प्रधानमन्त्रीको असहयोग र शिक्षकको दबाबमा बाहिरिइन् विद्या एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन् नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ ।

आयोगले विगत केही दिनयता देशका विभिन्न भागमा घटेका आपराधिक घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उक्त आग्रह गरेको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा साङ्घातिक आक्रमण भएको, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा दुव्र्यवहार भएको, चिकित्सकमाथि कुटपिट भएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सकले राजीनामा दिएकोजस्ता घटनाका सम्बन्धमा जानकारी गराएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यस्ता घटनामा संलग्न आरोपितलाई कानुनबमोजिम कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “कसैले पनि नेपालको संविधान, कानुन र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनविपरीत हिंसात्मक गतिविधि नगर्न, घृणाजन्य अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषा र व्यवहार प्रयोग गर्न आयोगसम्बद्ध सबैलाई विशेष आग्रह गर्दछ ।”

आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले सधैँ ध्यान पुर्‍याउन आग्रह गरेको छ ।