५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

ताप्लेजुङबाट बरामद गरिएको वन्यजन्तुको आखेटोपहार चितवन पठाउने तयारी

ताप्लेजुङबाट बरामद गरिएको वन्यजन्तुको आखेटोपहार चितवन पठाउने तयारी
अ+ अ-

फुङ्लिङ । विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा पठाउने तयारी भइरहेको जनाएको छ ।

वन्यजन्तुका करिब साढे २५ किलो आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाउने तयारी भएको कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सालक, भालु, रतुवा मृग, घोरल र याकरचौँरीको करिब २५ दशमलव ५५१ किलोग्राम आखेटोपहार चितवन पठाइन लागिएको हो ।

कार्यालयका सहायक वन अधिकृत परमेश्वर पासवानका अनुसार शून्य दशमलव ९८१ किलोग्राम सालकको खपेटा, २।३० किलोग्राम भालुको, ४।४६ किलोग्राम याक तथा चौंरीको, १३.८८ किलोग्राम रतुवा मृगको, १ दशमलव ४४ किलोग्राम घोरलको तथा अन्य मृगको छाला चितवन पठाइने छ । उक्त आखेटोपहार विसं २०७९ चैत २ गते बरामद भएको वन कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तुका आखेटोपहार घरमा राख्न, खरिद बिक्री, ओसारपसार गर्न, हस्तान्तरण गरी लिनरदिन नपाइने व्यवस्था रहेको छ ।

प्राकृतिक रुपमा मृत्यु भएका वन्यजन्तुबाट सङ्कलन गरिएका, वन्यजन्तु अपराधमा कानुनी कारबाहीको सिलसिलामा बरामद भएका र अन्य स्रोतबाट प्राप्त हुन आएका बाघ/चितुवाको छाला, हाड, खप्पर, दाह्रा, नङ्ग्र्रा, जुङ्गा, गैँडाको खाग, खुर, ढाल, हात्तीको दाह्रा, भालुको पित्त, कस्तुरीको विना, अजिङ्गर, रेडपाण्डाको छाला, चिरुको रौँ, सालकको खपेटा र अन्य यस्तै आखेटोपहार जिन्सी खातामा आम्दानी बाँधी भण्डारण गरिँदै आएको वन अधिकृत शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार भण्डारणका लागि डिभिजन वन कार्यालयको कानुनी क्षेत्राधिकारभित्र बरामद भएका आखेटोपहार सशस्त्र वन तालिम केन्द्र चितवन टिकौली र निकुञ्जरआरक्षणरसंरक्षण क्षेत्र कार्यालयको क्षेत्राधिकारभित्र बरामद भएका अन्य वन्यजन्तुका आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कसरा, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धार, लामटाङ राष्ट्रिय निकुञ्जलगायतका स्थानमा भण्डारण गरिँदै आइएको छ ।

“प्राकृतिक मृत्यु भएका वन्यजन्तुबाट झिकिएका वा कानुनबमोजिम बरामद गरिएका वा अन्य जुनसुकै स्रोतबाट प्राप्त भएका आखेटोपहार कार्यालयको जिन्सीखातामा आम्दानी बाँधी राख्ने र भण्डारण गर्दा सुरक्षित थैलामा राखी आखेटोपहारको नाम, परिणाम, स्रोत प्राप्त मिति, जिन्सी खाता पाना नम्बर समेत उल्लेख गरी सिलबन्दी लाहछाप लगाई बलियो काठको वाकस वा दराजमा राख्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ”, शाहले भन्नुभयो ।

कानुनी प्रक्रिया पूरा गरी भण्डारण गरिएका आखेटोपहारलाई ऐन अनुसार थप व्यवस्थापनका लागि चितवन पठाइन लागिएको उहाँको भनाइ थियो । रासस