• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

दक्षिण पश्चिम पाकिस्तानमा भएको बिष्फोटमा ११ घाइते



एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तन प्रान्तमा बिहीवार भएको बिष्फोटमा एक धार्मिक राजनीतिक दलका नेतासहित ११ जना घाइते भएका छन् ।

जमियत उलेमा ए इस्लामका नेता कलात जिल्लामा राजनीतिक र्‍यालीमा भाग लिन जाँदै गर्दा प्रान्तको मस्तुङ जिल्लबाट आक्रमण भएको थियो । नाम नबताउने शर्तमा मस्तुङको प्रहरी श्रोतले प्रारम्भिक अध्ययनअनुसार नेता हाफिज हमदुल्लहको गाडीलाई आत्मघाती हमलाकारीले आक्रमण गरेको बताएको छ ।

आक्रमणमा घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको छ । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । अनुसन्धानका लागि सो क्षेत्रमा नाकाबन्दी गरिएको छ ।