• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह ★   मोनाली ठाकुरलाई कन्सर्टमा दुर्व्यवहार, दर्शकहरुमध्ये एक व्यक्तिले गोप्य अंगमा टिप्पणी गरे ★   बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल अर्थोपेडिक अस्पतालमा ★   युरो कपमा आज नकआउट चरणका दुई खेल हुँदै ★   कांग्रेस पदाधिकारी बैठक बस्दै ★   प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा ★   संसद ऐन, कानून बनाउनुपर्ने भुमिकामा चुक्दै गयो: अध्यक्ष दाहाल ★   कोपा अमेरिकाः चिली बाहिरियो, क्यानडा क्वाटरफाइनलमा ★   संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ ★   ५ ओभरमा ३० रन आवश्यक ६ विकेट हातमा, तर किन हार्यो दक्षिण अफ्रिका ?

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा



एजेन्सी । साविक विजेता श्रीलंका एसिया कप–२०२३ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको रोमाञ्चक सुपर–४ खेलमा श्रीलंकाले पाकिस्तानलाई २ विकेटले पराजित गरेको हो ।

श्रीलंकालाई अन्तिम २ बलमा ६ रन आवश्यक थियो । अर्को बलमा चारिथ असालान्काले चौका र अन्तिम बलमा २ रन लिएर टोलीलाई रोमाञ्चक जित दिलाए । श्रीलंका ११ औं पटक एकदिवसीय एसिया कपको फाइनलमा पुगेको छ ।

उपाधिका लागि सेप्टेम्बर १७ मा कोलम्बोमा श्रीलंकाले भारतको सामना गर्नेछ ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । डीएलएस पद्धति अन्तर्गत श्रीलंकाले २५२ रनको लक्ष्य मात्र पाएको थियो । श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर जित निकालेको हो ।

श्रीलंकालाई अन्तिम १२ बलमा १२ रन आवश्यक थियो । शाहिन अफ्रिदी बलिङ गर्न आएका थिए । श्रीलंकाको स्कोर ५ विकेटमा २४० रन थियो । पहिलो २ बलमा ३ रन बन्यो । तेस्रो बल डट थियो । चौथो बलमा धनन्जय डि सिल्भाले लङ अनमा क्याच लिए । दुनिथा भेलालागे पनि पाँचौं बलमा क्याच आउट भए । अन्तिम बलमा एक रन बन्यो ।

अब अन्तिम ६ बलमा ८ रन आवश्यक थियो । जमान खानको अपोजिटमा प्रमोद मदुशन र चरित असलंका थिए । लेग बाईको पहिलो बलमा एक रन बन्यो । अर्को बल डट भयो र तेस्रो बलमा एक रन आयो ।

मदुशन चौथो बलमा रनआउट भए । २ बलमा ६ रन आवश्यक रह्यो । जमानले अफ स्टम्पबाहिर बल फ्याँके असलंकाले ब्याटलाई छिटो स्विङ गरे र बल थर्ड म्यानतर्फ ४ रनको दिशामा गयो ।

अन्तिम बलमा २ रन आवश्यक थियो । जमानले मिडल स्टम्पमा फुलर लेन्थ स्लोर बल प्रहार गरे । असलंकाले यसलाई स्क्वायर लेगतर्फ फर्काएर २ रन लिएर आफ्नो टोलीलाई रोमाञ्चक खेलमा जित दिलाए । असलंकाले ४९ रन बनाएपछि नटआउट रहँदै टोलीलाई लगातार दोस्रो पटक एसिया कपको फाइनलमा पुर्याए ।

पहिले ब्याटिङमा आएको पाकिस्तानी टोलीको सुरुवात औसत रह्यो । टोलीले ९ ओभर पावरप्लेमा एक विकेट गुमाएर ३६ रन बनाएको थियो । फखर जमान ४ रन बनाएर आउट भए । उनलाई प्रमोद मदुशनले बोल्ड गरेका थिए ।

९ रनमा पहिलो विकेट गुमाएपछि कप्तान बाबर आजम र अब्दुल्लाह शफिकले अर्धशतकीय साझेदारी गर्दै पाकिस्तानी इनिङ्सलाई अग्रता दिलाएका थिए । दुवैले दोस्रो विकेटका लागि ७० बलमा ६४ रनको साझेदारी गरे । यो साझेदारीलाई दुनिथ भेलालागेले बाबरलाई स्टम्प गरेर तोडेका थिए ।

१३० रनको स्कोरमा पाँचौं विकेट गुमाएपछि कोलम्बोमा वर्षा आयो र खेल रोकिनु परेको थियो । जब खेल फेरि सुरु भयो, मोहम्मद रिजवान र इफ्तिखार अहमदले इनिङ्सको नेतृत्व गरे । सेट भएपछि दुवैले ठूला प्रहार गर्न थाले । रिजवानले करियरको १२औं अर्धशतक ४८ बलमा पूरा गरे । उनले इफ्तिखारसँग शतकीय साझेदारी पनि गरे । दुवैले ७८ बलमा १०८ रनको साझेदारी गरे । यो साझेदारीले पाकिस्तानको स्कोर २०० भन्दा माथि पुर्याए ।

रिजवान र इफ्तिखारले १०८ रनको साझेदारी गरे । यी दुवैले एकदिवसीय एसिया कपमा पाकिस्तानका लागि छैटौं विकेटका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाए । दुवैले फवाद आलम र सोहेल तनवीरको कीर्तिमान तोडेका छन् । जसले सन् २००८ मा हङकङविरुद्ध छैटौं विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।