५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

खेलाडीलाई प्रधानमन्त्रीको आग्रहः सरकारले घोषणा गरेको पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिनुस्

खेलाडीलाई प्रधानमन्त्रीको आग्रहः सरकारले घोषणा गरेको पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिनुस्
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रीपरिषद् बैठकबाट निकासा हुने बताउनुभएको छ ।

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औं एशियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले खेलाडीलाई घोषणा गरिएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्नेकुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधधिक कारण र नीतिगत कारणले दिन नसकिएको स्पष्ट पार्नुभयो । उहाँले अहिले नियमावली बनेर अर्थमन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रवार बस्ने मन्त्रीपरिषद् बैठकबाट पैसा निकासा हुने बताउनु भयो ।

उहाँले सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिन खेलाडीहरुसँग आग्रह गर्नुभयो । उहाँले देशमा खेल क्षेत्रका भनेजस्ता पूर्वाधार नरहेको उल्लेख गर्दै आधुनिक सुविधा सम्पन्न रंगशाला बनाउने कुरा, कभर्ड हल बनाउने कुरा वा विभिन्न विधाका खेलहरुको निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा चीन भ्रमणमा खेल क्षेत्रकै प्रगतिका लागि उल्लेख्य पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले एशियाली खेलकुद हेर्न आफू उदघाटन सत्रमा भाग लिने भन्दै सो क्षण आफ्ना लागि गौरवको विषय हुने बताउनु भयो । उहाँले खेल क्षेत्रको विकास राष्ट्र विकासको रणनैतिक र महत्वपूर्ण आधार बनेको बताउनु भयो । नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरु निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस पटक नेपालले राम्रो गर्ने विश्वास राख्न सकिन्छ । म आफू समेत यस पटक प्रतियोगिता हेर्न र त्यसको उद्घाटन सत्रमा सहभागी हुन चनि भ्रमणमा जाँदैछु । यो मेरो लागि पनि रोमाञ्चक समय हुनेछ । यसले तपाईहरु, मेरो लागि पनि र देशको लागि विशिष्ट गौरवको क्षण हुनेछ । त्यसको उत्साहका साथ म बेइजिङ गएर चीन भ्रमणलाई सफल पार्नेतिर केन्द्रित हुनेछु । खेलकुद मात्र यस्तो एउटा क्षेत्र हो जहाँ खेलमार्फत ठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएका छन् । ठूला द्वन्द्व र सम्भावित नरसंहार पनि खेल क्षेत्रले टारेको छ । खेलमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनःमिलनका आधार तय भएका छन् । खेल क्षेत्रको विकास राष्ट्र विकासको आज एउटा रणनैतिक र महत्वपूर्ण आधार बनेको छ ।

नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरु निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको छ । त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्म स्वाभिमान र प्रोत्साहन, पुरस्कारका साथै वृत्ति विकासमा थप योगदान गर्ने राज्यको भुमिकालाई प्रभावकारी र जिम्मेवारपूर्ण रुपमा निर्वाह गर्न सरकार प्रयत्नशील रहेको छ । यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्नेकुरा मलाई जानकारी छ । केही प्राविधधिक कारणले, केही नीतिगत कारणले ढिला हुन गएको म दुःख व्यक्त गर्न चाहन्छु ।

मैले नै खेलाडीलाई घोषणा गरेको पुरस्कार नियमावलीको अभावको कारण भनेर निकासमा समस्या परेको थियो, अहिले त्यो नियमावली बनेको छ । अर्थ मन्त्रालयबाट त्यसको स्वीकृत भइ आजै खेलकुद मन्त्रालयमा आइपुगेको छ, भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ । सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेपछि हुँदैन की भन्ने टेन्सन नलिनुहोला । हामीलाई भनेजस्तो पूर्वाधार छैन, त्यसकारण आधुनिक सुविधा सम्पन्न रंगशाला बनाउने कुरा, कभर्ड हल बनाउने कुरा वा विभिन्न विधाका खेलहरुको निम्ति आवश्यक पर्ने पूर्वाधारको कुरामा ध्यानाकर्षण भएको छ । यो पटकको चीन भ्रमणमा खेल क्षेत्रमा केही उल्लेख्य कामको निम्ति म पहल गर्नेछु ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन पनि आग्रह गर्नुभयो ।