२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाबाट संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा शोक प्रस्ताव पारित



photo:rss
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकले स्व.नेम्वाङको निधनको शोक प्रश्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो । उहाँको निधनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ । सभाको बैठकमा सभामुख घिमिरेले स्व. नेम्वाङले लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भुमिका निर्वाह गर्नुभएका, संविधान सभामार्फत नेपालको संविधान निर्माणमा अहं र नेतृत्वदायी भुमिका खेल्नुभएका मृदुभाषी, सरल र सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरु अब म संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएकोमा निम्निलिखित शोक प्रश्ताव प्रश्तुत गर्दछु । संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते मंगलवार हृदयघातबाट भएको निधनले सिंगो मुलुक स्तब्ध बनेको छ । लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भुमिका निर्वाह गर्नुभएका, संविधान सभामार्फत नेपालको संविधान निर्माणमा अहं र नेतृत्वदायी भुमिका खेल्नुभएका मृदुभाषी, सरल र सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको छ । स्व. नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य,२०६३ मा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिका संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो । साथै २०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६४ र २०७० को संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी २०५६ मा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति हुनुभएका स्व. नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधान सभामार्फत नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भुमिका रहेको थियो । यो बैठक स्व. नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । उक्त शोक प्रश्तावलाई पारित गरिदिन अनुरोध गर्दछु । माननीय सदस्यहरु उपरोक्त शोक प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’

प्रतिनिधि सभाको अर्को बैठक भदौ २९ गते शुक्रवार १ बजे बस्नेछ ।