५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा: रवि लामिछाने

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा: रवि लामिछाने
फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट जस्ता क्रियाकलापलाई अराजकताको पराकाष्ठा भएको बताउनुभएको छ ।

हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको घटनाप्रति उहाँले खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

“चिकित्सकमाथीको कुटपिट अराजकताको पराकाष्ठा हो। लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन”, बिहीबार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले भन्नुभएको छ, “त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गर्द्छु। चिकित्सक कुट्ने माथि कडा भन्दा कडा कारवाही होस्। गृहमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”

हेटौँडाको सन्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डाक्टर प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापामाथि केही युवाहरुले हातपात गरेका थिए ।

केही समयअघि चितवनमा मृत्यु भएका एक बिरामीका आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका हुन्। कुटपिट गर्ने बिरामीका मृतकको श्रीमती र छोरीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अनुप प्रधान, रोहित प्रधान, रमा प्रधान र रमिता प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोही अस्पतालमा प्रारम्भिक उपचार गरी रेफर गरिएका ४१ वर्षीय राजेश प्रधानको साउन २५ गते चितवनमा उपचाररत अवस्थामै मृत्यु भएको विषयलाई लिएर सन्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार कुटपिट भएको थियो ।

ड्युटीमा रहेको चिकित्सकमाथि अस्पतालभित्रै कुटपिट भएको विरोधमा चिकित्सकहरुले चरणबद्ध आन्दोलनको चेतावनी दिएका थिए ।

प्रहरीले कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।