२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा: रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट जस्ता क्रियाकलापलाई अराजकताको पराकाष्ठा भएको बताउनुभएको छ ।

हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको घटनाप्रति उहाँले खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

“चिकित्सकमाथीको कुटपिट अराजकताको पराकाष्ठा हो। लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन”, बिहीबार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले भन्नुभएको छ, “त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गर्द्छु। चिकित्सक कुट्ने माथि कडा भन्दा कडा कारवाही होस्। गृहमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”

हेटौँडाको सन्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डाक्टर प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापामाथि केही युवाहरुले हातपात गरेका थिए ।

केही समयअघि चितवनमा मृत्यु भएका एक बिरामीका आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका हुन्। कुटपिट गर्ने बिरामीका मृतकको श्रीमती र छोरीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अनुप प्रधान, रोहित प्रधान, रमा प्रधान र रमिता प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोही अस्पतालमा प्रारम्भिक उपचार गरी रेफर गरिएका ४१ वर्षीय राजेश प्रधानको साउन २५ गते चितवनमा उपचाररत अवस्थामै मृत्यु भएको विषयलाई लिएर सन्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार कुटपिट भएको थियो ।

ड्युटीमा रहेको चिकित्सकमाथि अस्पतालभित्रै कुटपिट भएको विरोधमा चिकित्सकहरुले चरणबद्ध आन्दोलनको चेतावनी दिएका थिए ।

प्रहरीले कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।