५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

पूर्वसचिव त्रितालको गृहमन्त्रीलाई सुझावः विभूषण पाउनेहरुको ताँती घटाउनुस्

पूर्वसचिव त्रितालको गृहमन्त्रीलाई सुझावः विभूषण पाउनेहरुको ताँती घटाउनुस्
अ+ अ-

काठमाडौँ । पूर्वसचिव शारदाप्रसाद त्रितालले विभुषणको लागि छनोट प्रक्रियालाई वस्तुपरक र पारदर्शी बनाउँदै विभूषण पाउनेहरुको ताँती घटाउन सुझाव दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वसचिव त्रितालले वर्तमान गृहमन्त्रीले आफ्नो तहबाट सम्भव हुनेसम्म कतिपय प्रशंसायोग्य कामहरु गर्दै आउनुभएको उल्लेख गर्दै अब विभूषण छनोट प्रक्रियामा ध्यान दिन सुझाव दिनुभएको हो ।

उहाँले लेख्नुभएको छ, “हालसम्म विभूषणका लागि छनोट हुने प्रक्रिया र संख्याले राष्ट्रको दुर्लभ स्रोतमात्र खेर गएको छैन, विभूषणको साख र त्यो पाउने केही योग्य व्यक्तिहरुको बेइज्जती समेत हुने गरेकोछ । कतिपय व्यक्तिले पाएको विभूषण अस्वीकार गर्ने गरेकोबाट पनि यो वास्तविकताको पुष्टि भएकै छ ।”

पूर्वसचिव त्रितालले हालसम्म विभुषण पाउनेमध्ये ९५ प्रतिशतभन्दा बढी व्यक्तिहरु त्यस्तो विभुषण पाउन योग्य नै नभएको देखिएको उल्लेख गर्दै यही तथ्यलाई आधार मानी संख्या निर्धारण गर्दा उपयुक्त हुने सुझाव दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ-

गृहमन्त्रीले गर्नुपर्ने अर्को महत्वपूर्ण एउटा काम 

वर्तमान गृहमन्त्रीज्यूले आफ्नो तहबाट सम्भव हुनेसम्म कतिपय प्रशंसायोग्य कामहरु गर्दै आउनु भएकोछ ।

उहाँले सुराकी खर्चको नाउँमा पञ्चायतकालदेखि हुँदै आएको लूटलाई बन्द गर्नुभयो ।

दाइभाउजु कम्पनी र प्रमुख प्रतिपक्षी दलको धुवाँधार प्रतिरोधका बावजूद उहाँको तहबाट गर्न सक्ने हदसम्म नक्कली भुटानी शरणार्थी काण्डको भण्डाफोर गराउनु भयो । अनुसन्धानमा संलग्न कतिपय काविल प्रहरी अधिकृतहरुको संरक्षण गर्न भने उहाँ असफल हुनु भयो ।

ललिता निवास जग्गाको किर्ते काण्डको अनुसन्धानमा पनि दाइभाउजु कम्पनी र आफ्नै प्रधानमन्त्रीको कठोर दवावका बीच कमजोर रुपमा भए पनि अदालतमा मुद्धा दायर गर्ने कार्यको अगुवाइ गर्न सफल हुनुभयो ।

सुन तस्करी काण्डमा आफ्नै प्रधानमन्त्री र पार्टीका उच्च तहका नेताहरुको दवाव र प्रतिरोधका बावजूद केही हदसम्म सफलता पाएकै मान्नु पर्छ ।

विभिन्न किसिमका विवादका बीच पनि नागरिकता विधेयकलाई कार्यान्वयनमा ल्याउन सक्रियता देखाउनु भयो ।

अव एउटा अर्को महत्वपूर्ण काम पनि उहाँबाट हुन्छ भन्ने आशा गर्न सकिन्छ त्यो हो विभूषणको लागि छनोट प्रक्रियालाई वस्तुपरक र पारदर्शी बनाउने तथा विभुषण पाउनेहरुको ताँती घटाउने विषय ।

हालसम्म विभूषणका लागि छनोट हुने प्रक्रिया र संख्याले राष्ट्रको दुर्लभ स्रोतमात्र खेर गएको छैन, विभूषणको साख र त्यो पाउने केही योग्य व्यक्तिहरुको वेइज्जति समेत हुने गरेकोछ । कतिपय व्यक्तिले पाएको विभूषण अस्वीकार गर्ने गरेकोबाट पनि यो वास्तविकताको पुष्टि भएकैछ ।

एक अनुमानअनुसार हालसम्म विभूषण पाउनेमध्ये ९५ प्रतिशतभन्दा बढी व्यक्तिहरु त्यस्तो विभूषण पाउन योग्य नै नभएको देखिन्छ । यही तथ्यलाई आधार मानी संख्या निर्धारण गर्दा उपयुक्त हुन्छ ।

त्यसैले गृहमन्त्रीज्यूको ध्यान यता पनि जाने छ भन्ने विश्वास गरौं । यसलाई चाकरी नमानिदिनु होला । यसमा मेरो कुनै स्वार्थ छैन ।