२ माघ २०८१, बुधबार
,
Latest
अभियन्ता आशिका तामाङ पक्राउ सूर्योदय नगरपालिकामा शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’ काठमाडौं महानगरले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको कानूनमन्त्री लामिछानेको गुनासो कति सिकियो त भूकम्पले सिकाएको पाठ? सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने कंगनाको फिल्म ‘इमर्जेन्सी’लाई बंगलादेशमा प्रतिबन्ध लगाइयो पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको मर्क्युर होटेल उद्घाटन अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपः फाइनल पुग्न पाकिस्तान र श्रीलंका भिड्दै



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत आज पाकिस्तान र श्रीलंकाबीच खेल हुँदैछ ।

खेल कोलम्बोको आर प्रेमदासा मैदानमा नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुबै टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । यो खेलको विजेताले फाइनलमा भारतसँगको भेट पक्का गर्नेछ । पराजित टोली बाहिरिनेछ ।

श्रीलंका र पाकिस्तानको २–२ अंक छ भने खेल जित्ने टोलीको ४ अंक हुनेछ । भारत ४ अंकसहित प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । वर्षाका कारण खेल रद्द भएमा श्रीलंकाले फाइनल खेल्नेछ । किनभने उसको रन रेट पाकिस्तानको भन्दा राम्रो छ ।

दुवै टोलीको यो तेस्रो र अन्तिम सुपर–४ खेल हो । साविक विजेता श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई २१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो ।

अर्कोतर्फ पहिलो सुपर–४ खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको थियो भने दोस्रोमा भारतसँग २२८ रनले पराजित भएको थियो ।

हेड टु हेड
श्रीलंका र पाकिस्तानबीच हालसम्म १५५ ओडीआई खेल भएका छन् । पाकिस्तानले ९२ खेल जितेको छ भने श्रीलंकाले ५८ खेल जितेको छ । ४ खेलको नतिजा आएको छैन भने एक खेल बराबरी भएको छ ।

पछिल्लो पटक दुवै टोली एकदिवसीय ढाँचामा २०१९ मा आमनेसामने भएका थिए । उक्त खेल पाकिस्तानले जितेको थियो । पाकिस्तानले यो खेल जित्यो भने श्रीलंकामाथि उसको यो लगातार नवौं जित हुनेछ ।

पाकिस्तानले प्लेइङ–११ घोषणा गरिसकेको छ । हरिस रउफ, नसीम शाह, ​​फहीम अशरफ र फखर जमान बाहिरिएका छन् । उनीहरुको स्थानमा मोहम्मद हरिस, मोहम्मद नवाज, जमान खान र मोहम्मद वासिमले खेल्नेछन् ।

बिहीबार कोलम्बोमा पानी पर्ने सम्भावना ९३ प्रतिशत छ । तापमान २६ देखि ३१ डिग्री सेल्सियस सम्म हुन सक्छ । कोलम्बोको आर प्रेमदासा स्टेडियमको पिच सामान्यतया स्पिनरहरूलाई सहयोगी भएको छ । यद्यपि, ब्याट्सम्यानहरूले पनि राम्रो समर्थन पाएका छन् । अर्कोतर्फ, फास्ट बलरहरूलाई यो मैदानमा खेल्न गाह्रो हुन्छ ।