५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

ॐ हस्पिटल र एभरेष्ट बैंकबीच विशेष छुट सम्झौता

ॐ हस्पिटल र एभरेष्ट बैंकबीच विशेष छुट सम्झौता
अ+ अ-

काठमाडौँ । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारी तथा तिनका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक ॐ अस्पतालले तीन दशक अधिदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।ले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

नि:सन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ।भि।एफ। सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ । स्वास्थप्रति जागरुक नागरिकहरुकालागि ॐ अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरुको पहिलो रोजाईको अग्रणि वित्तिय संस्था एभरेष्ट बैंकका देशभर १२७ शाखामा १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सुबिधा प्रदान गर्दै आइरहेको छ । नेपाल सरकारको राजस्व संकलनको लागि विभिन्न स्थानहरुमा संचालित ३२ वटा संकलन केन्द्रहरुबाट समेत सेवा प्रदान गर्दै आइरहेको छ ।

सेवा सम्झौता हस्ताक्षर समारोहमा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा ॐ हस्पिटलका व्यापार प्रवर्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो ।