५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

विष्णु पौडेलको सम्झनामा सुवास नेम्वाङ -राष्ट्रिय राजनीति र संसदीय राजनीतिमा लामो समयसम्म अभाव खड्किने छ

विष्णु पौडेलको सम्झनामा सुवास नेम्वाङ -राष्ट्रिय राजनीति र संसदीय राजनीतिमा लामो समयसम्म अभाव खड्किने छ
अ+ अ-

काठमाडौँ । संविधान सभा अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते बिहान निधन भयो । बालुवाटारस्थित निजी निवासमा ज्वरो आएपछि आराम गरिरहनुभएका उहाँको निधनलाई बिहानसम्म नै कतिपयले विश्वास गरेनन् । तर छर्लङ्ग उज्यालो भएपछि वास्तविकतालाई स्वीकार्नुको विकल्प रहेन ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको हृदयघातका कारण निधन भएको छ । घरमै शौचालयमा बेहोस अवस्थामा परिवारका सदस्यले फेला पारे लगत्तै उहाँलाई अस्पताल पुर्‍याएपनि त्यो बेलासम्म धेरै ढिला भइसकेको थियो । अस्पतालमा चेकजाँच गर्दा नेम्वाङले मृत्युवरण गरिसक्नुभएको थियो ।

सामान्य ज्वरो आएर घरमै आरम गरिरहनुभएका उहाँको मृत्युको खबर पत्याउन कठिन नै थियो । यस्तै अविश्वास नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पनि भयो । उहाँले पनि विश्वास गर्नुभएन । उहाँले नेम्वाङको निधनलाई लिएर दु:ख व्यक्त गर्नुभयो ।

सोमवार दिउँसो आफू संसदीय दलको कार्यालयमा जाँदा उपनेता नदेखेपछि फोन सम्पर्क गरेर उपाध्यक्ष पौडेलले बुझ्नुभयो । फोनमा स्वर कमजोर सुनेपछि स्वास्थ्य अवस्थाबारे बुझ्दा आफू अस्वस्थ भएको जवाफ स्व. नेम्वाङले दिनुभएको पौडेल सम्झनुहुन्छ । फोनमा अस्वस्थ भनिसकेपछि आफूले आराम गर्न र औषधि सेवन गर्न आग्रह गर्दै अर्को दिन भेट्ने वाचासहित फोन राखेको उहाँको भनाइ छ । तर अस्वस्थ भनिसकेपछि उहाँलाई घरमै गएर आफूले भेट्नुपर्नेमा भेट गर्न नसपाएकोप्रति पश्चताप पौडेललाई छ ।

प्रश्तुत छ: स्व.नेम्वाङका बारेमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँगको कुराकानीको सम्पादित अंश:

समाजका सबै राजनीतिक दल र सबै आस्थाका नागरिकको विश्वास जित्नुभयो

आजको दिन नेपालको राजनीतिक इतिहासमा अत्यन्त पीडा, दु:खको दिनका रुपमा रहनेछ । संविधान सभाका अध्यक्ष,नेकपा एमालेका उपाध्यक्ष २०४८ सालदेखि अविछिन्न रुपमा सर्वोच्च जनप्रतिनिधि संस्थामा प्रतिनिधित्व गर्दै आउनुभएका सफल र असल जनप्रतिनिधि हुनुहुन्थ्यो । जसले लोकतन्त्र प्राप्तिको आन्दोलनमा राष्ट्रिय स्वाधिनताका निम्तिको आन्दोलनमा जनताका सरोकारका माग र मुद्दाका निम्ति आन्दोलनमा अत्यन्त महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । सामाजिक न्याय, समृद्धि र समाजवादतर्फको यात्रालाई गतिका साथ अघि बढाउन योगदान दिनुभयो ।’

‘सर्वोपरि रुपमा सात दशक लामो संघर्षको जगमा उभिएर हामीले जुन संविधान निर्माण गरेका छौँ, त्यो संविधान लोकतान्त्रिक, जनमुखी र अग्रगामी अन्तरवस्तु सहितको संविधान निर्माण गर्नका निम्ति उहाँले असाध्यै महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । नेपाली जनताको प्रिय नेता, नेपाली जनताको प्रिय प्रतिनिधि हुनुहुन्थ्यो । कुनै एमाले मात्रैको होइन । उहाँले समाजका सबै राजनीतिक दल, सबै आस्थाका नागरिकको विश्वास जित्नुभयो ।

त्यस्तो जनताको प्रिय प्रतिनिधिलाई हामीले आज गुमाएका छौँ । यो अत्यन्त पीडा र दु:खको क्षण हो । म आज कम्रेड सुवास नेम्वाङप्रति उहाँले नेपाली जनताको पक्षमा, राष्ट्रको पक्षमा जुन योगदान दिनुभयो, त्यसकाप्रति उच्च आदरकासाथ स्मरण गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँका असल विचार र असल अभ्यासलाई अनुशरण गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

सबैको मनमा घर बनाउनसक्ने असाधारण खुबी

यो पीडालाई मैले शब्दमा व्यक्त गर्न सक्दिन । उहाँ सबैको प्रिय हुनुहुन्थ्यो । सायद उहाँका कोही वैरी थिए भन्ने मलाई लाग्दैन । त्यस्तो सबैको प्रिय हुनसक्ने सबैको विश्वास जित्नसक्ने सबैको मनमा घर बनाउनसक्ने त्यो असाधारण खुबी उहाँसँग थियो । व्यक्तिगत रुपमा म उहाँसँग नजिकको सम्बन्धमा रहेँ । उहाँ सँगको सम्बन्ध, उठाबसी, सहकार्य,अनुभव, आदानप्रदानका अनुभुतिहरु मेरो मानसपटलमा तरंगित भइरहेका छन् । उहाँको अनुपस्थिति स्वीकार गर्न हामी बाध्य छाँै । तर मनले उहाँको अनुपस्थिति स्वीकार गर्न सकिरहेको छैन, यो पीडालाई व्यक्त गर्ने शब्द शब्दकोषमा कतै छैन ।

आगोरुपी मनलाई पगाल्नसक्ने शालिनता

सुवास नेम्वाङमा शालिनता एउटा ठूलो शक्ति थियो । सामथ्र्य थियो । कुनै आगोले पगाल्न नसक्ने मनलाई उहाँको शालिनताले पगालि दिन्थ्यो । कस्तो अभ्यासले पग्लिन नसक्ने मनहरु उहाँको शालिनतापूर्ण व्यवहार र प्रश्तुतीबाट उहाँका तर्कपूर्ण प्रश्तुतीबाट पग्लिन्थे । त्यो उहाँको विशेषता नै हो । त्यसका साथै उहाँमा जहिले पनि जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोचका साथमा अघि बढ्नुहुन्थ्यो । प्रतिकुलतालाई उहाँले सहज ढंगले लिने र सामना गर्दै अघि बढ्ने, प्रतिकुल भन्दा प्रतिकुल परिस्थितिमा पनि सकारात्मक सम्भावनातर्फ अघि बढ्ने, सकारात्मक सोचका साथ अघि बढ्ने गर्नुहुन्थ्यो । उहाँ जस्तोसुकै विषम परिस्थितिमा पनि जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि उहाँ निराश भएको पाएनौँ, निष्क्रिय भएको पाएनौँ । उहाँ परिस्थितिलाई बुझ्ने खुबी उहाँसँग थियो । जहिले पनि अघि बढ्नका लागि कुन स्थितिमा कसरी अघि बढ्न सकिन्छ ? भन्ने विषयमा उहाँ सही र उचित निस्कर्ष निकाल्दै अघि बढ्नुहुन्थ्यो ।

निजी निवासमा गएर स्वास्थ्य लाभको कामना गर्न नसक्दा पश्चताप

मैले हिजो दिउँसो मात्रै उहाँसँग फोनमा संवाद गरेको थिएँ । म सिंहदरबार जाँदै थिएँ । प्राय: उहाँ सिंहदरबारमा दलको कार्यालयमा दलको उपनेताको कार्यकक्षमा प्राय हुनुहुन्थ्यो । मैले उहाँ दलको कार्यालयमा हुनुहुन्छ भने भेट्नपर्ला भनेर फोन गरेँ । मैले दिउँसो सवा २ बजेतिर फोन गरेको थिएँ । फोन गर्दा उहाँको स्वर भारी भएको सुनियो । मैले स्वास्थ्य ठिक छैन की के हो ? भनेर सोधेँ । उहाँले असहज र अस्वस्थ भएको बताउनु भयो । मैले आराम गर्न र औषधि खान आग्रह गरेँ । भोलिपर्सी भेटौँला भने । उहाँले औषधि खाएर आराम गर्नेकुरा बताउनु भयो । उहाँलाई यसरी गुमाउनुपर्छ भन्ने अनुमान गर्न सकिने अवस्था रहेन । मलाई पश्चताप छ की म दलको कार्यालयबाट उहाँको निवासमा गएर उहाँको स्वास्थ्य लाभको कामना गर्नुपर्दथ्यो । डाक्टरसँग भएको कन्सलटेसनबाट जानकारी लिनु पर्दथ्यो । त्यो गर्न सकिनँ चुकेँ भनेर पश्चताप मशसुस भएको छ ।

आफ्ना समस्या आफैँ समाधान गर्ने व्यक्ति

उहाँ खासगरी सुगर प्रेसर लगायतका कतिपय विषयमा औषधि सेवा गर्नुहुन्थ्यो भन्ने जानकारी हामीलाई छ । तर त्यस्तो उहाँले आफ्नो बारेमा, आफ्नो समस्याका बारेमा पार्टीलाई जानकारी दिनुभएन । उहाँ आफ्ना समस्या आफैँ समाधान गर्दै अघि बढ्नुपर्छ, भन्ने सोच राख्नुहुन्थ्यो । त्यस्तो कुनै गम्भीर अस्वस्थताको अवस्था हो भन्ने हामीले अनुमान गर्न सकेनौँ । नियमित औषधि सेवा गर्दै उहाँ अघि बढिरहनुभएको थियो । अस्वस्थताको अवस्था यति गम्भीर हो भनेर हामीले अनुमान गर्न सकेनौँ ।

राष्ट्रिय राजनीति र संसदीय राजनीतिमा लामो समयसम्म अभाव खड्किनेछ

पूर्वसभामुख र संविधान सभा अध्यक्ष, त्यो सभाको नेता, मुख्य नेताको जिम्मेवारी हो । सभामुखको, संविधान सभा अध्यक्षको जिम्मेवारी । त्यो जिम्मेवारी उहाँले अत्यन्त कुशलता, उत्कृष्टताकासाथमा पूरा गर्नुभयो । उहाँ जुन दलबाट प्रतिनिधित्व गरेर संविधान सभामा निर्वाचित हुनुभएको थियो, जुन दलबाट प्रतिनिधित्व गरेर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । त्यो दल पनि उहाँसँग धेरै खुशी भएन । प्रतिपक्ष पनि उहाँसँग कुनै नाखुश भएनन् । त्यो खालको विशिष्ट खुबी उहाँसँग थियो । उहाँले सदन प्रतिपक्षको हो, सदनमा प्रतिपक्षको आवाज मुखरित हुन दिनुपर्छ, भन्नेकुरामा उहाँको विशेष ध्यान जान्थ्यो ।

सत्तापक्ष र प्रतिपक्षका बीचमा अनावश्यक र अनुचित दुरी नबनोस्, उनीहरुका बीचमा एउटा वर्केवल रिलेशन बनोस्, सदन समस्या सिर्जना गर्ने थलो होइन, राष्ट्रका समस्या समाधान गर्ने निर्णायक थलो हो, त्यसकारण सत्ता र प्रतिपक्षका बीचमा वर्केवल रिलेशन हुनुपर्छ भन्ने मान्यताबाट सभा सञ्चालन गर्नुहुन्थ्यो । उहाँले सिंगो सदनको सदनको नेतृत्व गर्दा सबैको विश्वास जित्नुभयो । कम्रेड सुवास नेम्वाङको अनुपस्थिति लामो समयसम्म नेपालको राजनीतिमा खड्किनेछ । उहाँले जुन प्रकारको राष्ट्रिय राजनीतिमा विशेष गरी संसदीय राजनीतिमा समन्वयकारी जुन प्रकारको भुमिका निभाउँदै आउनुभयो, त्यसमा हेर्दा उहाँको अभाव लामो समयसम्म खड्किनेछ । तर हामीसँग अब अर्को कुनै विकल्प छैन, उहाँको अभाव पूरा गर्नका लागि अब हामीले उहाँका अभ्यास र आचरणबाट उहाँको विचार र विश्लेषणबाट सिक्दै उहाँको अभाव पूरा गर्नेगरी अघि बढ्नुको कुनै विकल्प छैन । उहाँको अभाव पूरा गर्न धेरै मेहनत र धेरै कोर्स तयार गर्नुपर्नेछ ।

उहाँका आदर्शको अनुशरण गर्नुको विकल्प रहेन

यो प्रकृतिको नियति हो की जीवनसँगै मृत्यु पनि लिएर आएका हुन्छौँ । धेरै असल र सुयोग्य सन्तानले पनि मृत्युवरण गर्नुपर्छ । हामीले अनपेक्षित र नचिताएको र नसोचिएको समयमा सुवासचन्द्र नेम्वाङलाई गुमाउन पुग्यौँ । उहाँलै जे भुमिका निभाउनुभएको छ, त्यसलाई निर्वाह गर्ने सन्दर्भमा हामीकहाँ एउटा ग्याप जरुर रहनेछ । उहाँले जुन भुमिका, ग्याप निर्वाह गर्नुभयो, हामी उहाँको अभावलाई, उहाँका आदर्शलाई अनुशरण गरी अघि बढ्नेछौँ ।

नेम्वाङको राजनीतिक यात्रा

नेम्वाङ गत सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो । नेता नेम्वाङले ३० हजार २० मत ल्याएर निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्का (२९ हजार ९ सय ६ मत) लाई पराजित गर्नुभएको थियो । नेम्वाङ विस २०६३ मा पुन: स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो । विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बन्नुभएका उहाँ त्यस लगत्तै पुन: राष्ट्रिय सभा सदस्य हुनुभएको थियो ।

प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत हुनुहुन्थ्यो । न्युज एजेन्सी नेपाल

https://www.youtube.com/watch?v=HVDKyjNe2Rk