१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता मेजर पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो



अ+ अ-

काठमाडौँ । १६ दिनदेखि बेपत्ता रहेका नेपाली सेनाको शव शव फेला परेको छ ।

डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत सेनानी विमल पण्डितको मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडको चिन्ढेबगर नजिक भेरीको किनारमा शव फेला परेको हो ।

भेरीमा माछा मार्न जाल खेल्दै जानेक्रममा बिहान ६ बजेतिर एक स्थानीयले चिन्ढेबगर नदी किनारमा लास देखेपछि खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।

दुईवटा ढुंगाको खोल्सामा शव देखेपछि ती स्थानीयले बेपत्ता मेजर हुन् कि भनेर जाल खेल्न छाडेर चौकीमा खबर गरेका थिए ।

काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गतेदेखि बेपत्ता भएका थिए ।