९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

सुवास नेम्वाङको दृढताका कारण संविधान सभाबाट संविधान बन्यो: महामन्त्री थापा

सुवास नेम्वाङको दृढताका कारण संविधान सभाबाट संविधान बन्यो: महामन्त्री थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताउनुभएको छ ।

मंगलवार दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले संविधान सभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताको कारण नै संविधान सभाबाट संविधान बन्न सकेको बताउनुभएको हो ।

उहाँले नेम्वाङले त्यस बेलाको वाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताउनु भयो । नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले ०६२/०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरुसँग सम्वाद गरेर काम गरेको र उहाँ साझा व्यक्तिको रुपमा स्थापित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘०६२/०६३ को आन्दोलन पछाडी जतिखेर यस्तो पात्र चाहिएको थियो, जुन पात्रले आन्दोलनको मर्मपनि बुझ्न सक्छ । तर जुन पात्रले फेरी त्यो बेलाको नेपाली राजनीतिको सबभन्दा महत्वपूर्ण राजनीतिक दल र तिनको नेतृत्वहरुको बिचमा अक्रश द पार्टी संवाद पनि गर्नसक्छ । समन्वयपनि गर्नसक्छ । जुन पात्र सबैलाई आफ्नो जस्तोपनि लाग्छ । साझा पात्र । एउटा त्यस्तो पात्रको आवश्यकता थियो । सुवास नेम्वाङमात्र एउटा फिट पात्र हुनुहुन्थ्यो जसले त्यो भुमिका बडो सहजताका साथ कुशलतापूर्वक निर्वाह गर्नुभयो ।’

‘संविधान सभाबाट संविधान निर्माण गर्ने अन्तिम क्षणमा संविधान सभाको यस्तो नेता चाहिएको थियो जो दृढ संकल्प भएको । यो पटक संविधान बनाएरै छाड्ने हो । त्यो बेलाको जुन वाह्य दबाब थियो त्यो दबाबलाई थेग्न सक्ने । चिर्नसक्ने चाहिएको बेलामा दृढतापूर्वक उभिनसक्ने त्यो स्वभाव पनि सुवास नेम्वाङसँग रहेछ जुन त्यतिखेर उहाँले प्रकट गर्नुभयो । समन्वयकारी क्षमता भएको तर चाहिएको बेलामा दृढ हुन नसक्ने भएको भए सायद त्यतिखेर संविधान सभाले संविधान बनाउन सक्दैन थियो होला ।’

महामन्त्री थापाले नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको पनि बताउनु भयो ।