• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

किरियापुत्री भवनलाई काँसको कसौडी , थालकचौरा र डाडुपन्यु …….



काठमाण्डौ । नेपाल सरकारका पुर्व महान्यायधिवक्ता सुर्य कोइराला र उनको परिवारले कोटदेवी—मनोहरा—विद्यानगर (नरेफाँट) मा रहेको किरीयापुत्री भवनको लागि आवश्यक पर्ने एकसरो सामान प्रदान गरेका छन् ।

कोइरालाको उपस्थितिमा उनकी धमपत्नि सीता बाँस्तोला कोइरालाले सो एकसरो सामान किरीयापुत्री भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज केसीलाई हस्तान्तरण गरीन् ।
किरीयापुत्री भवनलाई उपलव्ध गराएको सामानहरुमा एक/एक थान काँसको कसौँडी, थाल, कचौरा, डाडु, पन्यू, गिलासको साथै एक/एकथान ग्याँससहितको सिलिण्डर र दुईमुखे ग्याँस चुल्हो, किरीयापुत्रीले ओड्ने कम्वल, ओच्छ्याउने काम्लो र म्याट समावेश छ । सो भवनमा किरीया बस्ने किरीयापुत्रीलाई १३ दिनको लागि ती सामान प्रयोग गर्न दिइनेछ ।

काठमाण्डौ महानगरपालिका वडा नं ३२ नरेफाँटस्थित मनोहरा र हनुमन्ते खोला दोभानसंगैको करीव दुई रोपनी पर्ति जग्गामा बागमती प्रदेश, काठमाण्डौ महानगरपालिका तथा कोटदेवी विद्यानगर टोल सुधार समिति र स्थानीय चन्दादाताहरुबाट संकलन गरिएको करीव १ करोड रुपैयाँको लागतमा २ तल्ले सो किरीयापुत्री भवन बनाइएको अध्यक्ष केसीले बताएका छन् ।

भूँई तल्ला र पहिलो तल्लामा गरि अलग अलग ७ वटा परिवारका किरीयापुत्री बस्न मिल्ने गरि निर्माण गरिएको सो भवन प्रयोगमा आइसकेको छ ।