७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष शिक्षण अस्पतालमा



photo:rajan kafle
अ+ अ-

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) सुवासचन्द्र नेम्वाङको हृदयघाटबाट निधन भएको छ ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएकाका नेम्वाङलाई गएराति हृदयघाट भएपछि उपचारका लागि राति १ः ३० बजे अस्पताल लगिएकामा उपचारको क्रममा त्यही निधन भएको हो ।

प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुग्नुभएको छ । नेम्वाङको निधनको खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुग्नुभएको हो ।

विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाउनुभएको थियो ।