१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी मिसन समाजवाद लिएर अगाडि बढेका हौँ: माधव नेपाल



अ+ अ-

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिसन समाजवाद लिएर आफूहरू अगाडि बढेको बताएका छन् । सोमबार समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले जनतामा आशा र आत्मविश्वास दिनुपर्ने बताउदैै प्रधानमन्त्री प्रचण्डले चलाएका अहिलेका काम राम्रा भएको उल्लेख गरे । उनले ४ वटा पार्टी मिलेर मिसन समाजवाद लिएर मेचीदेखि महाकालीको यात्रामा लागेको बताउदै सरकार र सदनमा रहेर जनताको आवाज उठाउने बताए । भ्रष्टाचारमा डुबेका, अपराधमा संलग्न रहेकाहरूलाई मोर्चाले अस्वीकार गर्ने उनको भनाई छ ।

नेपालले व्याख्यात्मक टिप्पणी गरेर एमसीसीमा नेपालको हात माथि परेको जिकिर गरेका छन् । उनले कुनै पनि योजना आयोजना नेपालको हितमा हुनुपर्ने भन्दै व्याख्यात्मक टिप्पणीले एमसीसीमा नेपालको हात माथि भएको बताए ।