५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी मिसन समाजवाद लिएर अगाडि बढेका हौँ: माधव नेपाल



अ+ अ-

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिसन समाजवाद लिएर आफूहरू अगाडि बढेको बताएका छन् । सोमबार समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले जनतामा आशा र आत्मविश्वास दिनुपर्ने बताउदैै प्रधानमन्त्री प्रचण्डले चलाएका अहिलेका काम राम्रा भएको उल्लेख गरे । उनले ४ वटा पार्टी मिलेर मिसन समाजवाद लिएर मेचीदेखि महाकालीको यात्रामा लागेको बताउदै सरकार र सदनमा रहेर जनताको आवाज उठाउने बताए । भ्रष्टाचारमा डुबेका, अपराधमा संलग्न रहेकाहरूलाई मोर्चाले अस्वीकार गर्ने उनको भनाई छ ।

नेपालले व्याख्यात्मक टिप्पणी गरेर एमसीसीमा नेपालको हात माथि परेको जिकिर गरेका छन् । उनले कुनै पनि योजना आयोजना नेपालको हितमा हुनुपर्ने भन्दै व्याख्यात्मक टिप्पणीले एमसीसीमा नेपालको हात माथि भएको बताए ।