५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

निकुञ्जमा मृत गैँडाको खाग भेटिएन

निकुञ्जमा मृत गैँडाको खाग भेटिएन
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको गैँडाको खाग फेला परेको छैन ।

निकुञ्जको खगेन्द्र मल्ली पोष्टबाट सात किलोमिटरभित्र हर्दा खोला नजिक यही भदौ १२ गते गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैँडा झण्डै १५ महिना पहिला मरेको आशङ्का गरिएको छ । वरपर क्षेत्रमा खोजी गर्दा ११ खुर फेला परेका छन् । एउटा खुर र खाग नभेटिएपछि चोरीशिकारीले गैँडा मारिएको आशङ्का गरिएको छ ।

गैँडाको कङ्काल भेटिएसँगै निकुञ्जको चोरीशिकार नियन्त्रण एकाइले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) सँग समन्वय गरेर खोजी कार्य अघि बढाएको छ । गैँडाको कङ्काल मात्रै भएकाले लिङ्ग र उमेर पहिचान हुन सकेको छैन । तिवारीले लामो समय भएकाले खाग उक्किएर हराएको पनि हुनसक्ने आशङ्का गर्नुभयो । उहाँले भन्नुभयो, “खाग नभेटिएपछि चोरीशिकारको आशङ्कामा अनुसन्धान अघि बढाएका छौँ ।”

गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारी गर्नेले मारेका थिए । सो घटनामा संलग्नलाई निकुञ्जले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । चालु आर्थिक वर्षमा यो सहित अर्को एउटा गैँडा बाघको आक्रमणबाट मरेको छ । वर्षात्को समयमा गाडीबाट गस्ती गर्न कठिन हुने भएकाले चोरीशिकार हुनसक्ने भन्दै निकुञ्जले सुरक्षा व्यवस्था कडा पारेको छ । रासस