५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

‘म चीनलाई समेट्न चाहन्नँ’

‘म चीनलाई समेट्न चाहन्नँ’
अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको बताएका छन् ।

वासिङ्टनले भारत, अस्ट्रेलिया र जापानसँग क्वाड सुरक्षा वार्ता र बेलायत र अस्ट्रेलियासँग एयूकेयूएस सम्झौतालगायत इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत गठबन्धन निर्माणमा ठूलो लगानी गरेको छ तर उनले संयुक्त राज्य अमेरिकाले चीनलाई समेट्न नचाहेको बरु सम्बन्धका लागि स्पष्ट आधारभूत नियमहरू स्थापित गर्न चाहेको बताए ।

उनले भियतनामसँग सम्बन्ध प्रगाढ बनाउने सम्झौतामा सहमति जनाउँदै वासिङ्टनले बेइजिङको बढ्दो प्रभावको सामना गर्दै एशिया र प्रशान्त क्षेत्रमा आफ्ना सहयोगीहरूको सञ्जाललाई बलियो बनाउन खोजिरहेको बताएका थिए ।

उक्त अवसरमा बाइडेनले नयाँदिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा आफूले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेटेको र ‘स्थिरता’ बारे छलफल गरेको बताए ।

यसअघि उनले भियतनामसँग सम्बन्ध प्रगाढ बनाउने सम्झौतामा सहमति जनाउँदै वासिङ्टनले बेइजिङको बढ्दो प्रभावको सामना गर्दै एशिया र प्रशान्त क्षेत्रमा आफ्ना सहयोगीहरूको सञ्जाललाई बलियो बनाउन खोजिरहेको बताएका थिए ।

वासिङ्टन र बेइजिङबीच विश्वका विभिन्न विषयमा विवाद छ र चीनले अन्तर्राष्ट्रिय व्यवस्थालाई आफ्नो इच्छाअनुसार झुकाउन खोजेको आरोप बाइडेनले लगाएका छन् ।

बाइडेनले हनोइमा भएको एक पत्रकार सम्मेलनमा भने, “अहिले चीनले व्यापार र अन्य मुद्दाका सन्दर्भमा खेलका केही नियमहरू परिवर्तन गर्न थालेको छ ।”

उनले चीनसँगको तनावलाई सङ्केत गर्दै भने, “म चीनलाई ‘समेट्न’ चाहन्नँ । “म यो सुनिश्चित गर्न चाहन्छु कि चीनसँग हाम्रो सम्बन्ध छ । जुन धेरै उच्च विन्दुमा छ, यो के हो सबैलाई थाहा छ ।”

चीनका राष्ट्रपति सी चिनफिङ जी–२० सम्मेलनमा सहभागी नहुनुलाई केही वैश्विक परिस्थितिबाहेक बेइजिङ र दिल्लीबीच क्षेत्रीय र अन्य विषयमा देखिएको विवादसँग पनि जोडेर हेरिएको छ ।