२२ श्रावण २०८३, शुक्रबार
,
Latest
करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग-एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी नाकामा… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वार्थ समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनुहोस्: प्रधानसेनापति



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाइ स्थिर माहोललाई खल्बल्याउने कुनै पनि स्वार्थ प्रेरित समूहबाट क्षणिक र दूरगामी असर पार्नसक्ने प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन निर्देशन दिनुभएको छ ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाल र नेपाली जनताको बृहत्तर हितमा समर्पित रहन सुझाव दिनुभयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो, “नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।”

सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र स्थापित गरेको जनविश्वासका लागि सकल दर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उहाँले सैन्य सङ्गठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताउनुभयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो, “लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सवल र सुदृढ हुँदै जाने सङ्गठित र अनुशासित सङ्गठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीले सदैव चलिरहन्छ ।”

सम्बोधनका क्रममा प्रधानसेनापतिले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशाका बारेमा जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापतिले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेका वीर स्मारकमा माल्यार्पण गर्नुभयो । उहाँले कर्तव्यपालनाको सिलसिलामा घाइते हुनुभएका सकलदर्जाको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारका क्रममा रहनुहुने सबैलाई शीघ्र स्वास्थ्यलाभको कामनाका साथै सकलदर्जालाई संस्थागत हितमा केन्द्रित रहन सदैव प्रेरणा मिलोस् भनी कामना गर्नुभयो ।

प्रधानसेनापतिले आजै जङ्गीअड्डामा आयोजित एक कार्यक्रमका बीच उपरथीमा पदोन्नति हुनुभएका कुमारबाबु थापा र महासेनानीमा पदोन्नति हुनुभएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दज्यानी चिन्ह प्रदान गर्नुभयो ।

सो अवसरमा उहाँले सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन कल्याणकारी दर्पण, नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन केटिएफटी जर्नलका तेस्रो भाग र सेनाको वर्षभरिका प्रमुख गतिविधिको तस्वीर समेटिएको  पुस्तकको पनि विमोचन गर्नुभयो । रासस