२२ श्रावण २०८३, शुक्रबार
,
Latest
करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग-एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी नाकामा… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्रको नाम ‘एक भगवत् र एक गीता’ राख्ने भएपछि सहमति जुट्यो



अ+ अ-

काठमाडौं । चलचित्रको नाम परिवर्न गर्ने भएपछि ‘एक भगवत् गीता’ को विवाद सुल्झेको छ । चलचित्र विकास बोर्डमा आयोजित छलफलमा चलचित्र पक्ष निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनको सहमतिपछि विवाद टुङ्गिएको हो ।

दुवै पक्षको हस्ताक्षरसहितको सहमतिअनुसार चलचत्रिको नाम अब ‘एक भगवत् र एक गीता’ रहनेछ । यसअघि चलचित्रका निर्माता सुनीलकुमार थापाले भागवत र गीताको बीचमा ड्यास राख्न प्रस्ताव गरेका थिए । तर धार्मिक समूहले अस्वीकार गरेपछि बैठकमा विभिन्न वैकल्पिक नामहरूबारे छलफल भएको थियो ।

‘गीता एक प्रेमकथा’, ‘गीता भागवत’ जस्ता थुप्रै नामहरूमा छलफलपछि ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ नाममा दुवै पक्ष सहमत भएका हुन् ।

भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए । धार्मिक संस्थाको आपत्तिपछि चलचित्र विकास बोर्डले यसको सेन्सर सिफारिस रोकेको थियो । बोर्ड, निर्माण पक्ष र धार्मिक संघ–संस्थाको बैठकपछि बोर्डले आजै चलचित्रलाई सेन्सर सिफारिस दिनेछ ।

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।