• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

भारत र पाकिस्तानबीचको खेलमा बन्नसक्ने ५ रेकर्डहरु



एजेन्सी । एसिया कप क्रिकेट अन्गर्तत सुपर फोरमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । दुई चीरप्रतिद्वन्द्वीबीचको खेल कोलम्बोस्थित आर प्रेमदाशा मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

यी दुई टोली चालू सिजनमा दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । यस्तो अवस्थामा यस खेलको लागि रिजर्भ डे पनि राखिएको छ । आजको यस खेलमा ५ कीर्तिमान तोडिन सक्नेछन् ।

१. जडेजा एसिया कपमा भारतका सर्वाधिक विकेट लिने बलर बन्न सक्छन्


भारतीय स्पिनर रविन्द्र जडेजाले यो खेलमा थप एक विकेट लिएसँगै एकदिवसीय एसिया कपमा भारतका सर्वाधिक विकेट लिने बलर बन्नेछन् । उनी यस प्रतियोगितामा भारतका लागि सर्वाधिक विकेट लिने बलरमा इरफान पठानसँग बराबरीमा छन् । दुबैको नाममा समान २२ विकेट छन् ।

२. कोहलीले सबैभन्दा कम इनिङ्समा १३ हजार रन बनाउन सक्छन्


भारतका दिग्गज ब्याट्सम्यान विराट कोहलीले आफ्नो एकदिवसीय करियरमा १३ हजार रन पुरा गर्न सक्नेछन् । कोहलीको नाममा १२९०२ रन छ । यो खेलमा ९८ रन बनाएपछि कोहलीले आफ्नो २६७ औं इनिङ्समा १३ हजार रन पूरा गर्नेछन् ।

योसँगै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा कम इनिङ्समा १३ हजार रन बनाउने ब्याट्सम्यान बन्नेछन् । हाल यो रेकर्ड सचिन तेन्दुलकरको नाममा छ, जसले ३२१ इनिङ्समा १३ हजार रन पुरा गरेका थिए ।

यति मात्र होइन, कोहली एकदिवसीयमा १३ हजार रनको आँकडा छुने विश्वका पाँचौं ब्याट्सम्यान बन्नेछन् । सचिनपछि यस्तो गर्ने उनी दोस्रो भारतीय ब्याट्सम्यान हुनेछन् । सचिनले ४६३ खेलमा १८ हजार ४२६ रन जोडेका छन् ।

३. बाबर आजमलाई सइद अनवरसँग बराबरी गर्न एक शतक टाढा


पाकिस्तानी ब्याट्सम्यान बाबर आजमले आज पाकिस्तानी महान खेलाडी सईद अनवरसँग बराबरी गर्ने मौका पाएका छन् । पाकिस्तानका लागि सईद अनवरले सर्वाधिक २० शतक प्रहार गरेका छन् । बाबरको नाममा १९ औं शतक छ ।

आज शतक बनाएपछि बाबरले एकदिवसीयमा २० शतक पनि पूरा गर्नेछन् । उनले पाकिस्तानका लागि सबैभन्दा छोटो खेलमा पनि यो कीर्तिमानी बनाउनेछन् । बाबरले हालसम्म १०६ खेल मात्र खेलेका छन् भने अनवरले २०० खेलपछि २० ओडीआई शतक बनाएका थिए ।

४. इमाम सबैभन्दा छिटो ३ हजार रन बनाउने पाकिस्तानी ब्याट्सम्यान बन्न सक्छन्


इमाम उल हकसँग पाकिस्तानका लागि एकदिवसीयमा सबैभन्दा छिटो ३ हजार रन पूरा गर्ने मौका छ । हाल उनको नाममा ६४ इनिङ्समा २९६७ रन छन् । यसको मतलब इमामले यो खेलमा थप ३३ रन मात्र बनाउनु पर्नेछ । यसअघि फखर जमानले ६७ इनिङ्समा ३ हजार रन पुरा गरेका थिए ।

यस मामिलामा उनी दक्षिण अफ्रिकाका लिजेन्ड हसिम अमलापछि दोस्रो स्थानमा पुग्नेछन् । अमलाले ५७ इनिङ्समा ३ हजार रन पूरा गरेका थिए ।

५. जडेजा २०० विकेट पूरा गर्न ३ विकेट टाढा


रविन्द्र जडेजासँग एकदिवसीय क्रिकेटमा विकेटबाट दोहोरो शतक बनाउने मौका छ । यसका लागि उनीलाई जम्मा ३ विकेट चाहिन्छ । हाल उनको नाममा १९७ विकेट छ । उनीअघि भारतका ६ बलरले मात्रै एकदिवसीय क्रिकेटमा २०० विकेटको आँकडा पार गर्न सकेका थिए ।

अनिल कुम्बले एकदिवसीयमा ३३७ विकेट लिएर शीर्ष स्थानमा छन् । उनी बाहेक जवागल श्रीनाथ, अजित आगरकर, जाहिर खान, हरभजन सिंह र कपिल देवले मात्रै एकदिवसीयमा २०० विकेट लिन सकेका छन् ।