२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको आसन्न विदेश भ्रमण सफल बनाउन राजनीतिक तहमा सहमति छ: परराष्ट्रमन्त्री



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमण सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आईतवार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाउनुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युनाइटेड नेसन्स र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रश्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह प्रधानमन्त्रीले लिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज सम्माननीय प्रधानमन्त्रीज्युको भ्रमणबारे पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रतिनिधि, पूर्वपरराष्ट्रमन्त्रीज्युहरुलाई बेलाएर आसन्न चीन भ्रमणको बारेमा छलफल भएको छ । युनाइटेड नेसन्स र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रश्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह दिनुभएको छ । सम्बोधनमा प्रधानमन्त्रीज्युले आमन्त्रित सबैलाई धन्यवाद दिँदै उहाँहरुले दिनुभएको सल्लाह र सुझावलाई महत्वपूर्ण रुपमा लिएको र आसन्न भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको सन्देश दिनुभएको छ ।’

मन्त्री साउदले प्रधानमन्त्रीले सल्लाह र सुझाव लिइसकेपछि राजनीतिक दलका प्रतिनिधि र परराष्ट्रविद्हरुलाई भ्रमणबारे सुझाव दिएकोमा धन्यवाद दिनुभएको बताउनु भयो ।