१४ भाद्र २०८३, आईतवार
,
Latest
विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित ७ सुझाव



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्शाबारे धारणा राख्न सुझाव दिएको छ ।

आईतवार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकमा पार्टीको तर्फबाट सहभागी हुनुभएका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई नेपाली जनताले थाहा पाउने गरी नक्शाको बारेमा चीनसँग देशको तर्फबाछ धारणा राख्न सुझाव दिएको बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले प्रधानमन्त्रीको अमेरिका र भीन भ्रमणमा सात बुँदा लिखित सुझाव दिएको पनि बताउनु भयो । बैठकमा पार्टीको तर्फबाट चीनसँगका नाकाका खुलाउने बारेमा जोड दिन आग्रह गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युको अहिलेको युएनसहितको चीन भ्रमणको विषय थियो । हामीले लिखित रुपमा सात बुँदा दिएको छाँै । नक्शाको विषय पनि हामीले चासोका साथ जानकारी गराएका छौँ । जनताले थाहा पाउने गरी देशको नक्शाको विषय राख्नुपर्छ भनेका छौँ । बोर्डर खुला गर्ने विषय र अनुशासनका कुरामा ध्यान दिन आग्रह गरेका छौँ ।’

पार्टीका उपाध्यक्षसमेत रहनुभएका उहाँले प्रधानमन्त्रीको भ्रमणमा अनुशासनको बारेमा ध्यान दिन पनि आग्रह गरेको बताउनु भयो ।